बडा दशैं, मानव–प्रकृति सहअस्तित्व र ऋग्वेद दर्शन
EcoEcoPoliticsएक महिना अगाडि
बडा दशैं, नेपालको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो ,यो केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र नभई यो एउटा बृहत्आर्थिक-सामाजिक गतिशीलताको समय पनि हो । नेपाल भौगोलिक रुपमा जैविक विविधताको'हटस्पट'र सामाजिक संरचनाको रुपमा'पिघलने भाँडो' (Melting Pot)को अवस्थामा हेर्न सकिन्छ। यहाँकोअद्वितीय भौगोलिक विविधता(तराई, पहाड, हिमाल) ले हरेक क्षेत्रमा भिन्नै किसिमको जैविक प्रणाली मात्र सिर्जना गरेको छैन, बरु यसलेजातीय बसोबास,सामाजिक संरचना,र आर्थिक प्रणालीको विकासलाई पनि प्रत्यक्ष रूपमा निर्देशित गरेको छ।जैविक विविधताको धनी यो मुलुकजहाँ ६५०० भन्दा बढी फूलपाती वनस्पति, सयौं औषधीय जडीबुटी, र सयौं प्रजातिका जनावर, चराचुरुङ्गी र जलचरहरू पाइन्छन्। त्यही मुलुकले आज जलवायु परिवर्तन, वनविनाश, जलस्रोतको प्रदूषण, जैविक विविधताको ह्रास, र असन्तुलित शहरीकरणले गर्दागहिरो पर्यावरणीय संकटभोगिरहेको छ।
ऋग्वेदमा उल्लेखित बैदिक दर्शन वाट सिचिंत प्रकृति र शक्ति बीचको सन्तुलन तथा सामाजिक सदभावको सस्कृती अनि देवी–दुर्गाले असुरमाथि विजय हासिल गरेको पर्वको रुपमा विकसित बडा दशै आज नेपालीहरुलेगहिरो पर्यावरणीय संकटरपुस्तान्तरणको जटिल सामाजीक राजनैतिक सकटसँग जुध्दै मनाइरहनु परेको तीतो यथार्थ हामी वीच रहेको छ।
आय आर्जनको नित्यकर्म लाइ केहिदिनका लागि थाँती राखेर पारिवारिक जमघट सहित ज्येष्ठ नागरिक र मान्यजन वाट टिका थापेर आशीर्वाद लीइरहदा ऋग्वेदकालीन बैदिक दर्शन लाई आत्मीकरण गर्ने अग्रसरता र अठोटका साथ दशै मनाउन सक्यौ भने जलवायु परिवर्तन,वातावरणीय संकट,दिगो विकास ,हरित अर्थतन्त्र (Green Economy)जस्ता आधुनिक विश्वब्यापी राज्य ब्यवस्थाले उठाएका भोगेका मुददाहरु सवोधन गर्ने सोच र सामर्थ्य बडा दशैले हामीलाई प्रदान गर्ने छ भन्ने विश्वासका साथ ऋग्वेद र पर्यावरणिय अर्थ राजनीतीको सामञ्जस्यतालाई पाठक सामु पस्कने जमर्को गरिएको छ ।
ऋग्वेद र पर्यावरणिय अर्थ राजनीतीको सामञ्जस्यता
१. पृथ्वी
“माता भूमिः पुत्रोऽहं पृथिव्याः”(ऋग्वेद १०.१२.१)भावार्थ :पृथ्वी आमा हुन् र मानव तिनका पुत्र हुन्। जसरी पुत्रले आमालाई सम्मान, रक्षा र सेवा गर्नुपर्छ, त्यसरी नै मानवले पृथ्वीलाई संरक्षण गर्नुपर्छ। ऋगवेदले पृथ्वीलाई आमा र मानवलाई सन्तानका रूपमा परिभाषित ब्यवहार गर्नुपर्ने सन्देश दिएको छ । आजको पर्यावरणीय अर्थ–राजनीतिमाभूमि उपयोग,वन संरक्षण,जैविक विविधता (Biodiversity)प्रमुख मुद्दा बनेका छन्। SDG-15 (Life on Land) ले यसैलाई आधुनिक रूप दिएको छ अत : भूमिलाई वस्तु होइन, आमा समान मान्ने चेतना बिनाland grabbing, deforestationरोक्न सकिँदैन।ऋग्वेदीय चेतनालाई अत्मसात गरौ ।
२. जल
“आपो हि ष्ठा मयोभुवस्ताना ऊर्जे दधातन”(ऋग्वेद १०.९.१)भावार्थ :हे जल! तिमी जीवनदायिनी हौ, हामीलाई शक्ति र पोषण दिन्छौ। ऋगवेदले जलश्रोतलाई जीवनदायिनी, ऊर्जा र स्वास्थ्यको स्रोतको रुपमा ग्रहण गर्न मानव समुदायलाई अब्हान गरेको छ ।ण : आज जल संकट, नदी प्रदूषण, जलवायु परिवर्तनका कारण उत्पन्न बाढी–सुक्खा विश्व राजनीति र अर्थतन्त्रमा ठूलो मुद्दा बनेको छ। SDG-6 (Clean Water) को नारा ऋग्वेदीय चेतनासँग मेल खान्छ। नेपाल जलसम्पन्न मुलुक हो, तरनदी प्रदूषण,प्लास्टिक फोहोर,भूमिगत जलको अत्यधिक दोहनले जलस्रोत संकट बढाउँदैछ। ऋग्वेदले दिएको सन्देश अझै सामयिक छ। जल संसाधन व्यवस्थापनमा अन्तर्राष्ट्रिय राजनीति (Water Diplomacy, Transboundary River Politics) चलिरहेको छ, जुन ऋग्वेदले दिएकोजल पवित्रताअवधारणासँग सीधा सम्बन्धित छ। ऋग्वेदीय चेतनासँग साक्षात्कार हुन आजको दिनमा हामीले प्रण गर्नुपर्ने भएको छ ।
३. वायु
“वाय़ुर्यथा पितासुतान् रक्षतीव”(ऋग्वेद १०.१६८.४)भावार्थ :वायु पिता समान छ, जसले आफ्ना सन्तानको रक्षा गर्छ। ऋगवेदले वायु लाई पिता समान जीवनको रक्षक मानेको छ। मानविय जिवन हाल वायु प्रदूषण, हरितगृह ग्यास उत्सर्जन (GHG Emission), र हावापानी असन्तुलन जस्ता प्रमुख चुनौती हरु वाट घेरिएको अवस्थामा ऋगवेदले दिएको सन्देशलाई मनन गरी कार्यान्वयन गरेमात्र मानविय सकट वाट पार पाउन सकिन्छ ।Carbon Market, Net Zero Commitmentजस्ता नीतिहरू ऋग्वेदीय विचार *“शुद्ध वायु जीवनको रक्षक”*को आधुनिक रूप हुन् भन्दा अत्युक्ति नहोला ।
४ सूर्य
“उद्यन्नद्य मित्रमहाअर्य एति”(ऋग्वेद १.५०.१०)भावार्थ :उदाउँदो सूर्य जगतलाई मित्रवत् प्रकाश र ऊर्जा दिन्छ। ऋग्वेदले मानव जीवन चक्र को निरन्तरता लाई आत्मसात गर्न सूर्य उदाउँने र जगतलाई मित्रवत् प्रकाश दिने तथ्य बुझ्नु पर्ने सन्देश दिएको छ। आजRenewable Energy Transitionविश्व राजनीति र अर्थतन्त्रको केन्द्र बनेको छ। सूर्यलाई ऊर्जा–स्रोतका रूपमा हेर्ने ऋग्वेदीय दृष्टिकोण नै आजकोSolar Economyको आधार हो। हरित ऊर्जा (Green Energy) मा लगानी गर्ने राष्ट्रहरू भविष्यको नेतृत्वकर्ता बन्नेछन्। नेपालले यो अवसर ऋग्वेदीय दर्शन वाट लिन सक्नु पर्छ ।
५. वनस्पति
“वनस्पतेः पितरस्ते जनानां…”(ऋग्वेद १०.९७.७)भावार्थ :हे वनस्पति! तिमी मानव जीवनका पिता समान हौ, पोषण र स्वास्थ्य दिन्छौ। ऋग्वेदीय विचारले वनस्पति मानव जीवनका पिता समान छन यिनीहरु मानव जिवनको पोषण र स्वास्थ्यको स्रोत हुन यसको जगेर्ना र बुध्दमत्तापुर्ण साझा उपयोग गर्न मानव समुदायलाई सन्देश दिएको छ । आधुनिक समयकोGreen EconomyरAyurveda/Herbal Medicineउद्योग नै ऋग्वेदीय चेतनामा आधारित छन्। आर्थिक स्वार्थका कारण देखा परेको BiopiracyरGenetic Resource Politicsजस्ता मुद्दाहरू को समाधान वनस्पतिसाझा सम्पत्तिहुन्, तिनलाई एक राष्ट्र वा कम्पनीले कब्जा गर्न मिल्दैन भन्ने ऋग्वेदीय चिन्तनका आधारमा सवोधन गर्न सकिन्छ । नेपालमा जडीबुटी र औषधीय वनस्पतिले परम्परागत जीवनलाई समृद्ध पारेको छ तर अव्यवस्थित दोहन र जलवायु परिवर्तनले यो धरोहर संकटमा परेको छ। तसर्थ ऋग्वेदीय चिन्तनलाई आत्मसात गर्ने हो भने नेपालले देशमा रहेको वनस्पति सम्पदा वाट सहजै समृध्दि हासिल गर्न सक्ने छ।
६. संयमित उपभोग र साझा लाभ
“आ नो भद्राः क्रतवो यन्तु विश्वतः”(ऋग्वेद १.८९.१)भावार्थ :चारैतिरबाट शुभ विचारहरू आउन्, र सबैले साझा रूपमा लाभ लिन सकून्। ऋग्बेद को यहि सन्देशमा अधारित भयर आज हामीहरुले दशै मनाई रहेका छौ । चारैतिरबाट शुभ विचार आउनू, सबैले साझा लाभ लिन सकून् सवैको सर्वाङगिण हित होस ।आजकोSustainable Consumption and Production (SDG 12),Circular EconomyरCommonsको अवधारणा ऋग्वेदीय दर्शनसँग मेल खान्छ। तसर्थ प्राकृतिक स्रोतहरू व्यक्तिगत स्वार्थको लागि नभई सामूहिक हितमा प्रयोग हुनुपर्छ भन्ने नीति आवश्यक छ। गहिरिदो विश्व ब्यापी पर्यावरणिय सकट बाट मुक्तिका लागी ऋग्बेदीय दर्शन लाई विश्वब्यापी रुपमा अत्मसात गरिनु पर्छ ।
निष्कर्ष
ऋग्वेदको दर्शन वाट विकसित बडा दशैं नेपालको सांस्कृतिक सम्पत्ति हो। ऋग्वेदले हजारौँ वर्ष अघि दिएको सन्देश लाई बडा दशैंका माध्यमले हामीले पुन स्मरण गर्दैपृथ्वी आमा हो,जल जीवन हो,वायु पिता हो,सूर्य ऊर्जा हो,वनस्पति अमृत हो रयी तत्वहरूको सम्मान, संयमित उपयोग र संरक्षण मानव जीवनको आधार हो पुन जागृत हुनु पर्ने छ ।आधुनिकपर्यावरणीय अर्थ–राजनीति(Climate Change Negotiation, Green Economy, SDGs, Net Zero Politics) ऋग्वेदकै पुराना दार्शनिक चेतनाको आधुनिक रूप हुन्। यदि राष्ट्रहरूले ऋग्वेदकोसहअस्तित्व र संयमको शिक्षा आत्मसात् गर्न सके भने मात्र आजको पर्यावरणीय संकट समाधान हुन सक्छ। भन्ने सन्देशलाई विश्वब्यापी वनाउन वडा दशैले सवैलाई प्रेरणा र उत्साह देओस । सवैमा बडा दशैको शुभकामना








