नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकामा रगतको अभाव भइरहेका बेला कांग्रेसको गुल्मी–काठमाडौं सम्पर्क समितिले “रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस्” भन्ने उद्देश्यका साथ उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो कार्यक्रमका बारेमा समितिका सभापति कृष्ण खरेलले रगतको अभावका बेला मानवताको सेवाका लागि रक्तदान अभियानले उदाहरणीय सन्देश दिएको बताए।

रक्तदान कार्यक्रममा नेपाल तरुण दल, विद्यार्थीहरू, विभिन्न पेशा–व्यवसाय गर्दै काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरूको उल्लेखनीय जनसहभागिता रहेको थियो।कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, अर्घाखाँची–काठमाडौं सम्पर्क समितिका सभापति डा. मुक्ति श्रेष्ठ, प्रदेश सदस्य छन्द बहादुर पहराइ, डा. तारा प्रसाद सापकोटा, महासमिति सदस्य अमृत ज्ञवाली, महाधिवेशन प्रतिनिधि तुल्सी पाण्डे ,सुर्य बहादुर खत्री , कृष्णबहादुर कुवर, गोबिन्द पोखरेल,हेमलाल पुन, लगायतको उपस्थिति रहेको थियो।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com