द्वन्द्व को पुर्ण ब्यबस्थापन गरि स्थायी समाधान संगै अगाडि बढाै
EcoEcoPolitics२ हप्ता अगाडि
देश असामान्य, जटिल अनि तरल राजनीतिक अवस्थाका साथै अस्थिरता र अनिश्चितता को बाटोमा गतिशील रहेको सर्वविदितै छ। केही अघि मात्र भएको युवाहरुको भनिएको आन्दोलनका कारण राजनीतिक दलहरु भित्रै र देशको समग्र राजनीतिमा फरक राजनीतिक परिस्थितिको निर्माण भएको यो अवस्थामा गम्भीर र गहन विश्लेषण गर्दै स्थायी रूपमा समस्याको समाधान दिन सबै राजनीतिक पक्षहरूका बीचमा सर्वपक्षीय छलफल प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यू ले पहल गर्न र त्यसको लागि उपयुक्त परिस्थिति निर्माण गर्न ढिलो हुँदै गएको जस्तो लागेको छ।
प्रजातान्त्रिक/लोकतान्त्रिक/गणतान्त्रिक परिवर्तनका लागि हाम्रो देशले महत्वपूर्ण आन्दोलन भोग्ने अवसर प्राप्त गरेको थियो। परिवर्तनका खातिर लड्ने सबैले परिवर्तन पस्चात देशको संमृद्धि र सुशासनको याचना हरबखत गरिरहेको अवस्थामा ठिक बिपरित उल्टो परिस्थितिको निर्माण हुदै गयो जसको कारण आज हामी यो अवस्थामा आइपुगेका छौँ।अब हामी छिमेकी मुलुकहरू र हाम्रो हित चाहने मित्रराष्ट्रहरुको विस्वास र सद्भाव कायम राख्दै र देशका युवाहरुको चाहनालाई मध्यनजर गर्दै स्थायी रूपमा समस्याको समाधान खोज्नु को अर्को विकल्प हामीसँग छैन। तसर्थ -
समस्याको खास कारण नियाल्दै स्थायी समाधानको निमित्त -
१-फागुन महिनामा तोकिएको प्रतिनिधिसभा सदस्य को निर्वाचन हुने सम्भावना कम रहेको र कथंकदाचित निर्वाचन भयो भने पनि केही अघि मात्र भएको युवाहरुको भनिएको आन्दोलनको भावना र मर्मको संबोधन हुननसक्ने भएकाले यो समाधान होइन भन्ने लाग्दछ।
२-हाम्रा सामु गम्भीर चुनौती हरु छन् -
क-द्वन्द्व जिवन्त राखेर अघि बढ्ने।
ख-द्वन्द्व को पुर्ण ब्यबस्थापन गरि स्थायी समाधान संगै अगाडि बढ्ने ।
मेरो विचारमा दोश्रो विकल्प उपयुक्त ठान्दछु।
हाम्रो देशका राजनीतिक शक्ति हरुलाई दोश्रो विकल्प ठिक लागेमा सर्वपक्षीय छलफल र सहमतिमा फाल्गुनमा हुने भनिएको निर्वाचन बैशाख महिनामा सार्नु उपयुक्त हुन्छ भन्ने लाग्दछ।
३-आन्दोलनको मर्म र भावनाको प्रतिनिधित्व हुने र लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास मा सहयोग पुग्ने गरि युवाहरुको समेत सहभागितामा सर्वपक्षीय राजनीतिक छलफल प्रारम्भ गरि सहमति हुने विषयहरू को सम्बैधानिक ब्यबस्थाका लागि संविधान संशोधन गर्न निस्चित अबधिकालागि सहमतिमा प्रतिनिधिसभा को पुनर्स्थापना गर्ने
र सो कार्यभार पुरा गरि संसद बैठक बाटै निर्वाचन को घोषणा गर्ने।
४-निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने।
५-युवाहरुको आन्दोलनको कारण धेरै राजनैतिक दलहरूको आन्तरिक राजनीतिमा समेत फरक फरक राजनीतिक परिस्थितिको निर्माण भएको सन्दर्भमा -
नेपाली कांग्रेसको नियमित महाधिवेशन फागुन महिनामा सम्पन्न गर्ने गरी कार्यतालिकामा सहमति जुटाउने ।
पार्टी भित्र रहेका फरक दृष्टिकोण हरुको समन्वय र सबैका बिचमा हार्दिकता र बिस्वास को आधार मजबुत पार्दै अगाडि बढेमा मात्र नेपाली कांग्रेसको कुशल नेतृत्वमा देशको समृद्धि सम्भव छ भन्ने ठान्दछु।
(नेपाली काग्रेसका नेता विधान सभा सदस्य एवं ,पूर्व प्रतिनिधिसभा सदस्य मोहन प्रसाद पाण्डे काे विचार उहाँकै फेसवुक वाल वाट_








