शेर बहादुर पछि भने कांग्रेसभित्र नेतृत्व संकट देखियो

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of शेर बहादुर पछि भने कांग्रेसभित्र नेतृत्व संकट देखियो

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिने दाबी गर्नुभएको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कांग्रेससँग निरन्तर संवाद भइरहेको बताउँदै कांग्रेसको अन्तिम निर्णय पुनःस्थापनाको पक्षमै जाने विश्वास व्यक्त गर्नुभयो।

 

उहाँले भन्नुभयो, “कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं। कांग्रेससँग हाम्रो संवाद भईरहेको छ। कांग्रेस फाईनल्ली मेरो विश्वासछ– पुनःस्थापनामा पुग्छ। कुराकानी भईराखेको अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्व संकट (Leadership Crisis) देखिएको आरोप पनि लगाउनुभयो। उहाँका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश गएपछि पार्टीभित्र निर्णय प्रक्रिया ठप्प जस्तै भएको छ।

 

ओलीले देउवाको अनुपस्थितिलाई औंल्याउँदै भन्नुभयो, “अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ— शेरबहादुर जी त्यो कुर्सीमाबसिदियो भने खुरुखुरु पास हुन्छ, बसिदिएन भने हुँदैन। कति दिन भयो केन्द्रीय समिति बैठक बसेको, निर्णय त्यस्तै, उहाँले आफ्नो पार्टी (एमाले)भित्र निर्णय प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने उदाहरण पनि दिनुभयो। “हाम्रो पार्टीको महाधिवेशन ३

दिनमासकिन्छ, केन्द्रीय कमिटी बैठक पनि ३ दिनमा। सबैलाई बोल्न पालो दिइन्छ, विषय अघि नै तय हुन्छ, सबै छलफल गर्छन्,” उहाँलओलीले अन्त्यमा भने, कांग्रेसभित्र नेतृत्वको अभाव र आन्तरिक जटिलता बढ्दै गएको


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com