नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङको धारण : , फेक हस्ताक्षर ल्याएर विशेष महाधिवेशन माग्नेहरूलाई पार्टीबाट निकाल्नुपर्छ

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङको धारण : , फेक हस्ताक्षर ल्याएर विशेष महाधिवेशन माग्नेहरूलाई पार्टीबाट निकाल्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर अभियानलाई फेक हस्ताक्षरको खेल भन्दै त्यसमा संलग्न व्यक्तिहरूमाथि अनुशासनात्मक कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै गुरुङले भने, “विशेष महाधिवेशनको माग गरेर फेक हस्ताक्षर गर्नेहरूलाईअनुशासन समितिले कारबाही गरेर पार्टीबाट निकाल्नुपर्छ।”

उनका अनुसार विशेष महाधिवेशनको नाममा पार्टीभित्र गलत भ्रम फैलाउने र संगठन कमजोर पार्ने प्रयास भइरहेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको समर्थनमा हस्ताक्षर संकलन भएको थियो।

तर, गुरुङले सो हस्ताक्षर अभियानमा नक्कली हस्ताक्षर प्रयोग गरिएको दाबी गर्दै त्यसबारे छानबिन र कडा कारबाहीको माग गरेका छन्।

कांग्रेसभित्र अहिले महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा तीव्र बहस चलिरहेको छ। गुरुङको वक्तव्यले यो विवादलाई थप तातो बनाएको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com