धादिङ्गमा १३ वटा धार्मिक वन समूह: समी, वर, पीपल, काभ्रेको रुख हरुकाे पनि गणना

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of धादिङ्गमा १३ वटा धार्मिक वन समूह: समी, वर, पीपल, काभ्रेको रुख हरुकाे पनि गणना


धादिङ्गमा अब धार्मिक वन समूहको शंख्या १३ वटा (५७.३३ हेक्टर) भएको छ l डिभिजन वन कार्यलयले गत आव देखि धार्मिक वन प्रवर्धन गर्न निरन्तर लागि परेको थियो र आव ०७९/८० मा हस्तान्तरण भएको १ मा हामीले १२ थप गरेर १३ वटा पुर्याएका छौ l हामि खुशी छौ l प्रकृतिसंगै र संस्कृतिको पनि प्रवर्धन हो यो अभियान भनेको l आगमी दिनमा पनि यो अभियानले निरन्तरता पाउने छ भन्ने आशाबादी छौ l
भनी डिभिजन वन कार्यालय धादि‍गका डिभिजन वन अधिकृत विष्णु प्रसाद अाचार्यले आफनाे फेसबुक मार्फत जानकारी दिनु भएकाे छ । त्यसरि नै धादिङ्गको त्रिपुरा सुन्दरी गाउ पालिका वार्ड नम्बर १ र २ मा ठुलो मात्रामा वर, पीपल, समीको उपस्थिति देखिएको छ l यो वार्ड नम्बर १ को मात्र तथ्यांक हो जहाँ निजि, सार्बजनिक, ऐलानी, पर्ती जग्गामा ठुला रुख, पोल, लाथ्रा र ठुला बिरुवा गरेर करिव समी १३,००० फेला परेका छन् l यसमा निजि जग्गामा ७,३०० र सार्बजनिक स्थानमा ५,७०० समी छन् l यसै गरि भने वर करिव ३००, पीपल करिव ४००, काभ्रो करिव २,३०० रहेका छन् l यसैगरी सार्बजनिक स्थानमा ३,६०० आप रहेका छन् l डिभिजन वन कार्यालय धादिङ्गले आफना स्टाफको प्रयोग गरेर यी रुख गणना गरेको थियो l यसमा पालिकासंगको सहकार्यमा वार्ड नम्बर २ को समेत गणना गरेर यी दुइ वडा लाइ फाइकस बंश (Genus-Ficus) र मोरेसी परिवार (Family- Moraceae) बाहुल्य वार्ड बनाउन सकिन्छ l यसमा डुमरी छुटेको छ l मुलत घाँस र दाउराको लागि प्रयोग हुने यी रुख बिगतमा निकै काटिएता पनि अहिलेसम्म पनि यतिको रहनु ठुलो उपलब्धि मान्न सकिन्छ l जलवायु परिवर्तनको लागि अनुकुलित हुन् सबैभन्दा प्रभावकरी यी रुख बिरुवाको जगेर्ना गरौ , गराऔ l यसलाइ अभियानको रुपमा नै संचालन गर्नु पर्दछ l वन कार्यालयले वनस्पति बिभाग, पालिका र वनस्पतिमा रुची हुने व्यक्ति वा अन्य संघ संस्थाको संगको सहकार्य समन्वयमा यसको थप अध्ययन गर्नुपर्ने  तथ्य ओैल्याउनु भएकाे छ l


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com