सुदन गुरुङको गृहमन्त्रीलाई कडा चेतावनी — “अब पद छोड्ने समय आएको छ

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of सुदन गुरुङको गृहमन्त्रीलाई कडा चेतावनी — “अब पद छोड्ने समय आएको छ

काठमाडौं — अभियन्ता रूपमा परिचित सुदन गुरुङले हालका गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा असन्तुष्टि जनाउँदै तीव्र चेतावनी दिएका छन्।

गुरुङले सार्वजनिक गरेको लामो सन्देशमा उनले भनेका छन् —

“देशभरबाट ‘हत्यारालाई कारबाही गर’ र ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”

 

उनले गृहमन्त्रीले जनताको भरोसा गुमाएको र वाचा पुरा गर्न असफल भएको आरोप लगाएका छन्।

गुरुङका अनुसार, दुई महिना बितिसक्दा पनि न कुनै भ्रष्टाचारविरुद्ध कारबाही भएको छ, न कुनै हत्यारा पक्राउ परेको।

 

सन्देशमा उनले भनेका छन्,

 

“सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो — अब त्यो समय आएको छ।”

 

गुरुङले गृहमन्त्रीलाई चेतावनी दिँदै भनेका छन् —“अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।”

उनले प्रधानमन्त्रीको निकट मानिँदै पदमा टिकिरहन खोज्नु राष्ट्रको अपमान भएको बताएका छन्।

 

सुदन गुरुङले दिएको सन्देश जस्ताको तस्तै (Full Statement as Issued)

 

‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️

तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।

देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही गर” भन्ने आवाज उठ्दा “जेनजीलाई कारबाही गर” सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।

सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।

काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।

ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हत्यारालाई।

अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या  समेत सहेर बसेँ। कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन, र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।

हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।

हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।

अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.”

त्यसैले चेतना होस्।

चुनाबको नाटक नचलोस्।

८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो।

नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ।

प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.

जनता जागिसके।

युवा जागिसके।

 


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com