नेपाली कांग्रेसमा अब दबाबमुखी होइन, सद्भावमुखी अभियान सञ्चालन गर्नुपर्छ : डा. अन्सारी

Author ImageEcoecopolitics Desk३ महिना अगाडि
Image of नेपाली कांग्रेसमा अब दबाबमुखी होइन, सद्भावमुखी अभियान सञ्चालन गर्नुपर्छ : डा. अन्सारी

नेपाली कांग्रेसमा अब दबाबमुखी होइन, सद्भावमुखी अभियान सञ्चालन गर्नुपर्छ : डा. अन्सारी

 

काठमाडौं — नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले पार्टीले अब दबाबमुखी होइन, सद्भावमुखी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

 

उनका अनुसार पार्टीभित्र विगतदेखि चलिआएको विवाद र आन्तरिक प्रतिस्पर्धाले संगठन कमजोर बनाएको छ, त्यसैले अब एकता र सद्भावमुखी राजनीति आवश्यक छ।

 

डा. अन्सारीले आफ्नै क्षेत्रका सभापतिको घर जल्दा समेत हेर्न नपुगेका पार्टीका महामन्त्री गगन थापाप्रति असन्तुष्टि जनाउँदै भने, “आफ्नै सभापति  पीडामा हुँदा  पनि सामान्य सद्भावना पनि नदेखाउनु लज्जास्पद हो।”

 

कांग्रेसमा वडास्तरदेखि नै सुधारको आवश्यकता रहेको बताउँदै उनले भने, “पार्टीको सभापति को बन्ने भन्ने कुरा सुदन गुरुङले होइन, कार्यकर्ताले निर्णय गर्ने हो। चाहे विशेष होस् वा नियमित, महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमै हुनुपर्छ।”

 

सह–महामन्त्री फरमुल्लाह मन्सुरप्रति पनि उनले कडा चेतावनी दिँदै भने, “आफ्नो जिम्मेवारी पूरा नगरी प्रधानमन्त्रीको पद बाँड्ने र प्रचारका लागि जे पनि बोल्ने प्रवृत्ति तत्काल बन्द गर्नुपर्छ।”

 

डा. अन्सारीले पार्टीभित्र सुधार, जवाफदेहिता र सद्भावपूर्ण संवादका माध्यमबाट मात्रै नेपाली कांग्रेस बलियो बन्न सक्ने निष्कर्ष प्रस्तुत गरेका छन्।

 


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com