नेपाली काग्रेसको नेतृत्व सक्षम पुस्तावाट असक्षम पुस्तामा हस्तान्तरण हुने हो कि भन्ने संशय देखा परेको छ ।

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of नेपाली काग्रेसको नेतृत्व सक्षम पुस्तावाट असक्षम पुस्तामा हस्तान्तरण हुने हो कि भन्ने संशय देखा परेको छ ।

बलियो काग्रेस, संगठित काग्रेस, एकिकृत काग्रेस भए मात्र नेपालमा प्रजातन्त्रको अभ्युदय हुन सक्छ भन्ने अभिप्रायका साथ  जननायक विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई वि.सं. २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच सम्पन्न एकीकरण पश्चात्  संगठित नेपाली कांग्रेसले  सशस्त्र आन्दोलन समेत संचालन गर्ने सांगठनिक क्षमता र उर्जा द्वारा जहानियाँ राणा शासनको अन्त्य गरी वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना गरे पश्चात नेपाल राज्यको  राजकिय अधिकारको अभ्यास गर्ने अवसर प्राप्त गरे पश्चातनै नेपाली काग्रेसमा गुटगत राजनीतीको अभ्यास शुरु भएको देखिन्छ ।

पार्टि र सरकार संचालनमा देखिएको मतभेद तथा सरकार र पार्टि नेतृत्व विचको टकरावका कारण नेपाली कांग्रेसको पहिलो सभापति मातृकाप्रसाद कोइराला पार्टी सभापति बीपी कोइरालासँगको सैद्धान्तिक तथा व्यक्तिगत टकरावका कारण कारबाहीमा परेपछि    वि सं २०१० वैशाख १६ गते छुट्टिएर गए र राष्ट्रिय प्रजा पार्टी गठन गरे ।   नेपाली कागेंसको यो विभाजनले  राजकिय सत्ता दलहरुको हातवाट   राजाको हातमा पुग्यो ।  राजाले दिएको सविधान मा आधारित भएर  निर्वाचनमा सहभागि भै दुइ तिहाइ मत ल्याएर सरकार वनाउन नेपाली काग्रेस सफल भए पनि २०१० मा विजाकुरण भएको सत्ताका लागी पार्टि सगठनलाइ कमजोर वनाउने चिन्तन नै हुर्किएर  २०१७ साल पुस १ गते को घटना घटेको हो भन्न सत्य लाइ नेपाली काग्रेसले विर्सनु हुदैन ।

(नेपाली काग्रेसकाे वेभसाइट वाट तस्विर िलइएकाे हाे )

जसरि नेपाली काग्रेसलाइ    कमजोर वनाएर  मातृकाप्रसाद कोइराला राष्ट्रिय प्रजा पार्टीको अध्यक्षको हैसियतमा वि सं २०१० फागुन ७ मा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसरि नै  डा तुल्सी गिरि र विश्ववन्धु थापाहरु २०१७ साल पुस १ गतेको घटना पछी पचायति राजकिय सत्तामा हावी भए र नेपाली काग्रेसको पार्टि सगठन कमजोर भयो र नेपाली काग्रेस राजकिय सत्तामा फर्कन ३० वर्ष कुर्नु पर्यो  त्यो पनि कम्युनिषट को सहयोगमा ।

पार्टी र सरकार सचालन सम्वन्धमा स्पष्ट दृष्टिकोण राख्न नसक्दा नेपाली काग्रेसले २०५१मा आफनै बहुमतको सरकार आफैले ढलाएर कम्युनिष्टहरुलाइ नया निर्वाचन मार्फत सरकार मा पुरायर आफु सरकार वाट बाहिरिनु परेको तितोयथार्थलाइ नेपाली  कागेंसले कहिल्यै सागठनिक बहसमा ल्याएन । पार्टी र सरकार सचालन सम्वन्धमा स्पष्ट दृष्टिकोण र कार्य प्रणालि लाई सस्थागत गर्न सकेन । फलत पुन २०५९ सालमा पार्टि र सरकार सचालनका सम्वन्धमा पुन गिरिजा प्रसाद कोईराला र शेर बहादुर देउवा विच विवाद उत्पन्न भयो र नेपाली काग्रेस विभाजन हुन पुग्यो  । काग्रेस विभाजित भए पश्चात पुन प्रजातन्त्र माथि प्रहार भयो राजाले शासन सत्ता अपनो हातमा लिए तुल्सि गीरीहरु  पुन उदाय र यहि समयमा माओबादी सशस्त्र जनयुध्दको नाममा काग्रेसी जन मारिए । काग्रेस कमजोर हुदा प्रजातन्त्र कमजोर हुन्छ भन्ने तथ्य फेरि पनि स्थापित भयो र प्रजातन्त्रको पुनस्थापनाका लागि  विभाजित काग्रेस हरु एक भय र काग्रेसकै नेतृत्वमा  ०६१।६२को अन्दोलन सफल भै प्रजातन्त्र पुनस्थापना भयो । काग्रेसकै नेतृत्वमा देशले सविधान र गणतन्त्र प्राप्त गर्यो । एउटा अचम्म के छ भने प्रजातन्त्र कमजोर हुदा प्रजातन्त्रका लागि एकताबद्ध सगठित र जुझारु हुन सक्ने काग्रेस सुशासनको प्रत्याभुति र आर्थिक समृद्धि का लागि सत्त्त्ता राजनितिमा पुग्दा फेरि पार्टिकै आन्तरिक द्धन्दले  पटक पटक सत्तावाट बाहिरिन पुगेको तितो यथार्थ आम काग्रेसि हरुलाई थाहानभएको होइन । काग्रेस यतिखेर सत्ताबाट मात्र बाहिरिएके छैन उसको नेतृत्वमा जारी भएको सविधान सकटमा परेको छ देशमा सवैधानिक सकट छ । कागेंस पार्टी भित्र मात्र होइन राज्य सरचनाका हरेक अवयवमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग आर्थीक समृद्धि को चाहना  सुचना प्रविधिको ब्यापकता र विश्वब्यापीकरणके दवाबके कारण तीब्र रुपमा उठेको छ ।यस घडीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि श्रध्देय पार्टि सभापति शेर बहादुर देउवा ले काग्रेस केन्द्रिय समिति बैठकमा लिखित रुपमै सम्बोधन गरि  मार्ग प्रसस्त गरि सके पछि  नया पुस्तालाइ एउटा अवसर मात्रै प्राप्त भएको छैन नयाँ पुस्ताको विवेक योग्यता  क्षमता र दुरदर्शिताको पनि परिक्षण भै रहेको छ ।

 

आफ्नो जन्मकालदेखि मौलिक रुपमा नेपालको सन्दर्भमा प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि देखाएको प्रतिवद्धता र यस पार्टीका नेता एवं कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं हिंसात्मक द्वन्द्वको बेलामा समेत पार्टी सिद्धान्त र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने श्रद्धेय वीर शहीदहरू तथा योध्दा कार्यकर्ता भएको पार्टि  हरेक पटक सत्ता राजनीती सँग जोडिदा  पार्टि भित्र किन विवाद  हुन्छ, त्याग समन्वय सदभाव र सहयोग किन हुदेन  र यसलाई समाधान गर्ने न्यायोचित विधि कसरि निर्माण गर्ने भन्ने  महत्वपुर्ण बहस आज केन्द्रिय समितिमा हुनु पर्नेमा पार्टिमा दशकौ बिताएका नेताहरु पनि  अमुक नेताको बैशाखिमा टेकेर पार्टिभित्र आपनो स्थान सुरक्षित गर्ने बहसमा आफुलाई केन्द्रित  गर्नु वास्तवमै आपनै स्वतन्त्रतालाई समर्पण गर्नु हो भन्ने तथ्य स्वतन्त्रताका  लागि राज्यसत्ता सँग लडेका नेताहरुलाइ थाहा छैन भनेर कसरि भन्नु ।

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि श्रध्देय पार्टि सभापति शेर बहादुर देउवा ले काग्रेस केन्द्रिय समिति बैठकमा लिखित रुपमै सम्बोधन गरि सके पछि यसलाई कसरि ब्यवस्थित , विश्वसनिय, उत्साहजनक र आगामि पुस्ताका लागि समेत भरोसापुर्ण र अनुमान योग्य वनाउने विधि  सहित महाधिबेशनको कार्यतालिका  केन्द्रिय समितिमा प्रस्ताव भएको भए  नेपाली काग्रेसले योग्य र सक्षम ब्याक्तिहरुलाई नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्देछ भन्ने आम कार्यकर्तामा उत्साह र उत्प्रेरणा जागृत हुन्थयो होला विडम्बना महाधिबेशनको  लागि प्रस्तावित २ थरि कार्यतालिकाले वर्तमान नेतृत्व केवल आपनालागि मात्र नेतृत्व हस्तान्तरण गर्न लालयित छ तर पुस्तान्तरणलाई तैयार छैन भन्ने स्पष्ट सन्देश दिएको छ। यो सन्देशका प्रति नवोदित युवा काग्रेसजन जागरुक हुनु पर्देन । जेनजी आन्दोलनले नेतृत्व हस्तान्तरण मात्र खोजेको होइन परिवर्तन,  स्थायित्व र समृद्धिका लागि सुनिश्चित पुस्तान्तरण पनि खोजेको हो । अवको बहस केन्द्रिय समितिमा महाधिबेशनको तालिकामा होइन सरकार र पार्टि विचको सम्वन्ध अनि नेतृत्व पुस्तान्तरणको विधि र प्रकृयाका सम्वन्धमा हुनुपर्छ ।

विशेश्वर प्रसाद कोइराला देखि शेर बहादुर देउवा सम्मको नेतृत्व मा नेपाली काग्रेसले नेपालको शासकिय चिन्तनमा प्रजातन्त्रको आदर्श, मूल्य र मान्यताहरुलाई  राजनितिक रुपमा स्थापित गर्न गराउन खेलेको नेतृत्वदायि भुमिका र क्षमताका प्रति कहिकतै पनि प्रश्न उठाउने स्थान छैन तर जारि केन्द्रिय समितिमा  श्रध्देय पार्टि सभापति शेर बहादुर देउवा ले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चितता गर्न जेनजीहस्ले उठाएको माग लाई संवोधन गर्ने विषयमा बहस गर्दे एकताबद्ध रुपमा समयमै महाधिबेशन गरि नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्न मार्ग प्रशस्त गरिदिइ सकेको अवस्थामा विद्यमान नेतृत्वले जेनजीहस्ले उठाएको माग,  स्वंय नेपाली काग्रेसले उठाएको सबिधान संशोधनको बिषय तथा  सरकार र पार्टिका बिचको ,समन्वयअन्तर सम्वन्ध र कार्यप्रणालिलाई ब्यवस्थित गर्ने जस्ता गहनतम विष्यवस्तुमा छलफल गरि नयाँ पुस्ता समेत दिशा निर्देश गर्ने निति निर्माणमा केन्द्रित हुनु पर्ने मा केवल नेतृत्व परिवर्तनको बहसमा महाधिबेशनलाई डोर्याइरहन खोजेको देख्दा नेपाली काग्रेसको नेतृत्व सक्षम पुस्तावाट असक्षम पुस्तामा हस्तान्तरण हुनेहो कि भन्ने संशय देखा परेको छ ।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com