१० कम्युनिस्ट दल मिलेर नयाँ पार्टी घोषणा, प्रचण्डले दाबी गरे ‘एक नम्बर पार्टी’ बन्ने
EcoEcoPolitics२ हप्ता अगाडि
काठमाडौं – नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी दलको एकीकरणबाट बुधबार राजधानीको भृकुटीमण्डपमा नयाँ पार्टी घोषणा गरिएको छ। नवघोषित पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवगठित पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरे।
प्रचण्डले भने,“अबनेपालमायोपार्टीलाईएकनम्बरबन्नबाटकसैलेरोक्नसक्दैन।कसैलाईटाउकोदुखेपनिदुखोस्,निद्रानलागेपनिनलागोस्।एकनम्बरपार्टीतबन्यो-बन्यो।”उनले राष्ट्र र जनताको हितका लागि वामपन्थी शक्तिबीच अझ व्यापक एकताको आवश्यकता रहेको बताए।
सह–संयोजक माधवकुमार नेपालले २०७५ सालमा एमाले र माओवादी मिलेर बनेको नेकपाबाट सिक्दै नयाँ पार्टी गठन गरिएको बताए। उनले भने,“हामीमूलधारकोकम्युनिस्टपार्टीहौं।विगतकोगल्तीदोहोरिननदिनसबैपक्षसचेतरहनुपर्छ।”
पूर्व प्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयसम्म एकताको विपक्षमा भए पनि अन्ततः बुधबार नयाँ पार्टीमा मिसिन पुगे।
नेता वामदेव गौतमले नयाँ राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने प्रस्ताव राख्दै पार्टी सदस्य एक करोड पुर्याउने उद्घोष गरे। उनले भने,“हामीसँगअहिले१०–१२लाखसदस्यछन्,आगामीएकवर्षमा५०लाखरपछिएककरोडसदस्यपुर्याउनेलक्ष्यछ।”








