नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे घोषणा पत्र सार्वजनिक
EcoEcoPolitics२ हप्ता अगाडि
नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एकता कार्यक्रममा नेता देवप्रसाद गुरुङले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न १० वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् ।
यस्तो छ २३ बुँदे घोषणा पत्र
हामी तपशीलका विषय दृढतापूर्वक अवलम्बन गर्न प्रतिबद्ध छौंः
१.नेपालको राष्ट्रिय स्वाधिनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।
२.राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान र समर्पित भई काम गर्ने ।
३.मार्क्सवाद(लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागू गर्ने ।
४.समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिवद्ध रही नेकपाले आफ्नो स्थापना कालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने ।
५.लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको सुदृढिकरण र राज्यका सबै अङ्गहरूमा आवश्यक सुधार एवम् पुनसंरचना गर्न अग्रसर हुने ।
६.नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलिकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगाएत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने।
७.भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने ।
८.उच्चस्तरिय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानवीन गरी भ्रष्टाचारीहरूलाई कडा कार्वाही गराउन प्रभावकारी पहल गर्ने ।
९.राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने ।
१०.वर्तमान नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद, असमानता रविकृति सिङगतिको अन्त्य गर्न सङ्घर्षरत रहने ।
११. महिला, दलित, उत्पिडित, अल्पसंख्यक र सिमान्तकृत समुदाय, आदिवासी जनजातिलगायत राज्यको मूल प्रवाहबाट बहिष्करण र बञ्चितिकरणमा परेका वर्ग, जाति, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गर्न संघर्षरत रहने ।
१२. अनुसन्धान र विकासलाई उच्च प्राथमिकतामा राखी देशको समग्र विकाश कार्य अघि बढाउने ।
१३. स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिवीको अन्त्य गर्न विशेष पहल
गर्ने ।
१४. वर्तमान नेपाली समाजको आर्थिक(सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने ।
१५. प्राकृतिक स्रोत र साधनको संरक्षण एवम् दिगो उपयोग गर्ने गरी विकासका अभियान सञ्चालन गर्ने । १६। जलवायु परिवर्तन र पर्यावरणमैत्री विकास योजना निर्माण तथा विपत् व्यवस्थापन गर्न प्रतिबद्ध रहने । १७। जनताका सुख दुःखमा जोडिदै देश र जनताका आवाज जोडदार रूपमा उठाउने ।
१८.जेन्जी पुस्ताका मुद्धा र आकांक्षको संवोधन गर्न प्रतिबद्ध रहने ।
१९.विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्च्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने ।
२०.पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने ।
२१.पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा सम्लग्न हुने ।
२२.कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने ।
२३. सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने ।








