जेनजी आन्दोलनमा पक्राउ परेकामध्ये ७० प्रतिशत आपराधिक पृष्ठभूमिका
Ecoecopolitics Desk२ महिना अगाडि
जिल्ला प्रहरी परिसर काठमाडौँले जेनजी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये७० प्रतिशत व्यक्तिहरू आपराधिक पृष्ठभूमिकाभएको जनाएको छ।
परिसरका प्रवक्ता तथा एसपीपवनकुमार भट्टराईका अनुसार प्रहरीले आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूको विगतबारे अध्ययन गर्दा उल्लेखनीय संख्यामा आपराधिक संलग्नता पाइएको हो।
प्रहरीले आन्दोलनमातोडफोड, आगजनी, लुटपाटजस्ता गतिविधिमा संलग्न ३७५ जनालाई पक्राउगरी हालसम्म१४१ वटा मुद्दा दर्तागरेको जनाएको छ।
एसपी भट्टराईका अनुसार जेनजी आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नेहरूमाबालबालिकासहितका नाबालकहरू पनि संलग्नथिए। प्रहरीले बैंक लुटपाटमा समेत एक नाबालकलाई पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरीले आन्दोलनको नाममा हिंसात्मक र आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूमाथि कानूनी कारबाही अगाडि बढाइने जनाएको छ।








