संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गगन समुह पुस
EcoEcoPolitics२ हप्ता अगाडि
अहिलेको नेपाली कांग्रेसभित्रको मुख्य बहस तीन विषयमा केन्द्रित छ—पहिलो, महाधिवेशन पहिले गर्ने कि निर्वाचनपछि गर्ने ? दोस्रो, विशेष (स्पेशल) महाधिवेशन गर्ने कि नियमित (रेगुलर) महाधिवेशन ? र तेस्रो, महाधिवेशनको मिति र कार्यतालिका कसरी बनाउने — मंसिर/पुसमा गर्ने कि वैशाख/जेठमा ? संस्थापन पक्षले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडान लिएको छ भने इतर समूहले चुनावअघि नै महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने मत राखेको छ। एक नेताका अनुसार, महामन्त्री निधिले भनेका छन्, “निर्वाचनमा सहभागी हुने विषयमा कांग्रेसभित्र फरक मत छैन, त्यसकारण भोलिको बैठकबाट नै निर्णय गरौं।” तर अर्का महामन्त्री विश्वप्रकाश शर्माको भनाइमा भने, “एक विषय मात्र अहिले निर्णय गर्नु पर्याप्त हुँदैन, महाधिवेशन र निर्वाचन दुबै विषय एकसाथ टुंग्याउनुपर्छ।” यसै विषयमा पार्टीभित्र अहिले पनि तीव्र छलफल जारी छ।
समूह समूहमा छलफल गर्दा पनि सहमति नजुटेपछि अन्त्यमा महामन्त्रीहरू र सहभागीका तर्फबाट वार्ता भएको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह कृष्ण सिटौला र विजय गच्छदारले वार्ता गरेका हुन् ।
वार्ताबाट भोलिदेखि केन्द्रीय समिति बैठक सञ्चालन गर्ने समझदारी बनेको छ। त्यसबाहेकका विषयमा भने सहमति जुट्न सकेको छैन।
वार्तामा सहभागी एक नेताका अनुसार नेता निधिले सहमति भएका विषयहरूमा निर्णय गर्दै जाने र असहमतिका विषयमा सहमति खोज्दै जाने प्रस्ताव गरेका थिए ।
उनले निर्वाचनमा सहभागी हुने विषयमा कांग्रेसमा कसैको पनि मतभेद नरहेको भन्दै त्यसमा निर्णय गरेर जाने र निर्वाचनको वातावरण बन्ने गरी एउटा सन्देश दिनुपर्ने प्रस्ताव गरेका थिए।
"निर्वाचनमा सहभागी हुने विषयमा कांग्रेसमा कसैको पनि फरक मत छैन । त्यसैले भोलिको बैठकबाट निर्वाचनमा भाग लिने निर्णय सर्वसम्मत रुपमा गरौं," निधिको भनाई उद्धृत गर्दै ती नेताले भने, "यो प्रस्ताव महामन्त्रीहरू मध्येबाटै ल्याउनुस् र सर्वसम्मत निर्णय गरौं।"
निधिको प्रस्तावमा महामन्त्री विश्वप्रकाश शर्माले एकैपटक सबै निर्णय गर्ने भन्दै अहिले एउटा मात्र निर्णय गर्नु ठिक नहुने बताएका थिए ।
"एउटा–एउटा विषयमा निर्णय गरेर जानु उपयुक्त हुँदैन । त्यसैले महाधिवेशन र निर्वाचनका विषयमा एकसाथ निर्णय गरौं," शर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने।
महाधिवेशनका विषयमा भने महामन्त्रीद्वयकले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम भएपछि मङ्गलबारको बैठकमा दुवै पक्षले धारणाका रूपमा कार्यतालिका प्रस्ताव गर्ने समझदारी बनेको छ ।
ती नेताका अनुसार महामन्त्री गगन थापाले धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । सहमहामन्त्री महेन्द्र यादवले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछन् । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी








