बालेनको मध्यरातको स्टाटस सनक कि गैरजिम्मेवारी र अराजकताको पराकाष्ठा

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of बालेनको मध्यरातको स्टाटस सनक कि गैरजिम्मेवारी र अराजकताको पराकाष्ठा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । त्यस्तै बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् । बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द 'फक' प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ 

काठमाडौँको मेयरबाट यस्तो असभ्य शब्द प्रयोग हुनु ,केवल एक व्यक्तिको चरित्र होइन, हाम्रो समाजको मूल्य कुँदिने संकेत हो।

जब युवाहरूले आदर्श मानेको व्यक्तिबाट यस्तो प्रतिक्रिया आउँछ, त्यसले आम युवाहरूको भावना पनी कुलचिएको मानिनछ । जिम्मेवार पदमा बसेको व्यक्तिको के भाषा यस्तै हुन सक्छ ?उनले उक्त पोस्ट सार्वजनिक गरेको केही मिनेटमै मेटाए पनि, अहिले उनका कतिपय समर्थकले उनको फेसबुक ह्याक भएको भन्दै बचाउ गरिरहेका छन्। तर उनको विगतका लेखाइहरू हेर्दा फेसबुक ह्याक भएको दाबीमा विश्वास गर्न गाह्रो छ। अहिले सबैको मनमा उठिरहेको प्रश्न भने यही हो— आखिर किन मेयर बालेन बेलाबेलामा यसरी बौलाउँछन्?

 


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com