जेन-जी पाल्पा सम्मेलन वाट जारि जेन-जी बडा पत्र २०२५
EcoEcoPolitics३ हप्ता अगाडि
प्रस्तावना
१९९७ देखि २०१२ सम्ममा जन्मेको पुस्तालाइ Generation Z (Gen-Z) भनेर चिनिन्छ, नेपालको इतिहासमा पहिलोपटक Gen-Zको आन्दोलन पछी एकजुट भएर परिवर्तनको माग गर्दै उठेका आन्दोलन केवल विरोधको आवाज मात्र थिएन, यो नयाँ पुस्ताको जिम्मेवारी नैतिकता र सुशासनको थियो।
देशमा व्याप्त रहेको दण्डहीनता, चरम व्यथिति तथा भ्रष्टाचार को विरुद्ध नागरिकको स्तरबाट आवाज उठाउनपनि नसकेको अवस्थामा रहेको देशको स्थितिलाई भाद्र २३ र २४ मा जेन्जीको आन्दोलनबाट एउ आयाम दिएको छ। ७३ जना सहिदहरुको रगत तथा २००० भन्दा बढी घाइते साथीहरुको आत्मविश्वासमा आधारित रहेर भ्रष्टाचार तथा व्यथितिको विरुद्धमा नयाँ सरकार गठन भएको छ। देशको नेतृत्व गर्नुको लागि जेएनजी ले केन्द्रीय प्रादेशिक जिल्ला पालिका तथा वार्ड स्तरमा आफ्नो विचारलाई विस्तार गरिरहेको छ जेन्जीको सो कार्यको कार्यान्वयनको लागि यसको आधारभूत सिद्धान्तको अपरिहार्यतालाई मध्यनजर गरेर Gen-Z वडापत्र जारी गरिएको छ।
यस बडापत्रले नेपालको प्रत्येक वार्डमा पालिकामा तथा जिल्ला स्तरीय कार्यसमितिमा रहेर भ्रष्टाचार विरुद्ध कार्य गर्ने कार्य पद्धतिको मार्ग निर्देशकको रुपमा काम गर्नेछ।
भ्रष्टाचारको विरुद्ध को शून्य सहनशीलता तथा पूर्णरूपमा कुनै पनि प्रकारको सानोभन्दा सानो हिंसाजन्य कार्यहरु भन्दा पर रहेर. युवाहरूलाई आजसम्म जसरी एउटा माध्यम्को रुपमा मात्र परिचालन गरिएको थियो सोभन्दा भिन्न रूपमा युवाहरू नै प्रमुख रुपमा रहेर भ्रष्टाचार तथा बेथितिको विरुद्धमा कार्य गर्न यो दस्तक तयार पारिएको छ।
यो घोषणापत्र एउटा साझा प्रतिवद्धता हो-
- दण्डहीनता को अन्त्य गर्न,
- पारदर्शी, जवाफदेही र समावेशी शासन प्रणाली निर्माण गर्न,
- युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनर्स्थापना गर्न,
- भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तयार गर्न।
- पूर्णरुपमा अहिंसक तथा कानुनी राज्यको पालन गर्न
खण्ड १। दृष्टि, उद्देश्य र मूल मान्यताहरु(Vision Mission & Core Values)
Vision
युवाहरुले नेतृत्व गरेको यस्ते समाजके निर्माण गर्नु जहा शासन प्रणालि पारदर्शीऽ राजनितिज्ञहरु जवाफदेहिऽनागरिक सचेत र प्रत्येक निर्णय जनहितमा हुनेछ ।
Mission
देशभरका युवालाई दण्डहीनताको अन्त्य, सुशासन, जवाफदेही राजनीति र भ्रष्टाचार विरुध्दके साझा अभियानमा संगठित गर्नु।
Core value
- पारदर्शिता (Transparency)
- समता (Equity)
- जवाफदेहिता (Accountability)
- समावेशिता (Inclusion)
- नागरिक सहभागिता (Civic Engagement)
- न्याय र समानता (Justice & Equity)
- अहिंसा र शान्तिपूर्ण परिवर्तन (Non-Violence & Constructiv
- पर्यावरणीय जिम्मेवारी (Ecological Sustainability)
खण्ड २: अधिकार र जिम्मेवारी Rights & Responsibilities)
Rights
- सूचना प्राम गर्ने अधिकार (Right To Information)
- अभिब्यक्ति र सहभागी हुने अधिकार
- सुरक्षित नागरिक सहभागिता
- जवाफदेही शासनको माग गर्ने अधिकार
Responsibilities
- नैतिक आचरण अपनाउने
- शान्तिपूर्ण र रचनात्मक सहभागिता
- समुदाय र राष्ट्रप्रतिको सेवा भावना
- एकता र सहिष्णुता कायम राने
- उत्तरदायी नेतृत्व अभ्याग गर्न
खण्ड ३: जवाफदेहिता र अनुगमन संयन्त्र (Accountability & Monitoring Mechanisms)
- बडास्तरीय समिति
- स्थानीय समिति
- जिल्ला समिति
- प्रदेश समिति
- केन्द्रीय समिति
अनुगमन प्रक्रियाः
- वडा, पालिका तथा जिल्ला स्तरीय समीक्षा
- प्रादेशिक तथा केन्द्र समिति संगको समन्वय
- सेवा प्रवाह तथा विकास निर्माणको कार्य मा अनुगमन तथा समन्वय
नागरिक गुनासो प्रणाली:
- प्रत्यक्ष समन्वय, फोन, QR, गुनासो बक्स र अनलाइन फर्म
- गोपनीयता र सुरक्षाको प्रयाभुती
- १ देखि ७ दिनभित्र समाधानको सुरुवात
- खण्ड ४: पारदर्शिता र भ्रष्टाचार नियन्त्रण (Transparency & Anti-Corruption Measures)
- भ्रस्टाचार बिरुद्धको अभियान तथा सचेतना कार्यक्रम
- खुला सूचना तथा डिजिटल पोर्टलको कार्यान्यन
- सूचनाको हक प्रयोग सम्बन्धि कार्यहरु
- कानुनी सहकार्यः स्थानीय सरकार, जिल्ला प्रमामन, अ.दु.अ.आ.
खण्ड ५ः युवा प्रतिबद्धता (Youth Commitment)
- सुशासन हाम्रो अधिकार मात्र होइन यो हाम्रो पहिचान हो।"
- 'हामी बोल्न मात्र होइन, सुधार गर्न पनि उठ्छौं। हामी मात्र मात्र होइन, देखाउन पनि तयार छौं।"
- हामी अधिकारसँगै, जिम्मेवारी पनि बुझ्छौं, र हाम्रा शब्द, व्यवहार र कार्यबाट नयाँ राजनीतिक संस्कृतिको उदाहरण देखाउँछौ। शक्ति होइन, विश्वास जिवे मात्रामा हामी अपि बड्द्धों
- हामी बोल्न मात्र होइन, सुधार गर्न पनि उठ्छौँ








