एमालेको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको छ। • मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of एमालेको महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको छ। • मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने

काठमाडौं । नेकपा (एमाले)को आज बसेको सचिवालय बैठकले पार्टीको एघारौं महाधिवेशन र त्यसका लागि आवश्यक प्रतिनिधि चयन प्रक्रिया तथा संरचना तय गरेको छ।

बैठकले यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ।

महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुने छ।

प्रतिनिधि चयन मङ्सिर १३ गते गरिने र चयन भएका प्रतिनिधिहरूको विवरण मङ्सिर १५ गतेभित्र पठाउने व्यवस्था मिलाइएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

🔹 प्रतिनिधि संख्या र संरचना

   •          प्रतिनिधिसभा क्षेत्रका आधारमा:

      •          प्रति १,२०० सदस्यमा खुला २ र महिला १ प्रतिनिधि

      •          त्यसपछि १ जना ४० वर्ष मुनिको युवा

      •          प्रत्येक ८०० सदस्यमा थप १ महिला प्रतिनिधि

      •          दोस्रो र तेस्रो खुला, चौथो महिला कोटा

   •          दलित कोटा: प्रति ५०० सदस्यमा १ प्रतिनिधि

   •          ट्रेड युनियन: प्रदेशगत २:५ को अनुपातमा ७ जना प्रतिनिधि

   •          जनसङ्गठन: ५ जना

   •          महासङ्घीय संगठन: ७ जना

   •          प्रदेश कमिटी: ३:२ अनुपातमा प्रतिनिधित्व

   •          विभाग र कार्यालयहरू: प्रत्येकबाट १/१ जना

   •          प्रवासी कमिटी: प्रत्येक महादेशबाट ५ जना (३:२ अनुपातमा)

 

🔹 पदेन सदस्यहरू

   •          केन्द्रीय निर्वाचन आयोग – ३५४

   •          अनुशासन आयोग – २९

   •          लेखा आयोग – ३०

   •          निर्वाचन आयोग – २५

   •          सल्लाहकार समिति – २५

➡ जम्मा पदेन प्रतिनिधि: ४६४ जना

 

🔹 अनुमानित प्रतिनिधि संख्या

   •          कुल सदस्य संख्या: ६६७,६३०

   •          प्रदेशबाट: ४५

   •          प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित: करिब ९७०

   •          विशेष जिल्ला: ४७

   •          दलित: ८१

   •          ट्रेड युनियन: ४९

   •          प्रवास: ३०

   •          केन्द्रीय विभाग र कार्यालय: ३३

   •          जनसङ्गठन: १२७

➡ अनुमानित कुल प्रतिनिधि: करिब १,८५६ जना

➡ ५% मनोनयन सहित कुल: करिब २,१०० जना

 

सचिवालय बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्ने र संगठन सुदृढीकरणमा केन्द्रित हुने निर्णय समेत गरेको जनाइएको छ।

 

 


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com