वन वातावरण र जलाधार क्षेत्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी सुझाव माग

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of वन वातावरण र जलाधार क्षेत्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी सुझाव माग

आदरणीय सदस्यहरू तथा वन प्राविधिक साथीहरू,

यही २०८२ साल कार्तिक १५ गते शनिवार सम्पन्न नेपाल वन प्राविधिक संघ, वाग्मती कार्यसमिति (NFA, Bagamati) को अनलाईन बैठकले गरेको निर्णयानुसार यही २०८२ कार्तिक १८ गते वागमती प्रदेशको वन वातावरण र जलाधार क्षेत्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी बैठकमा वाग्मती प्रदेश, वन तथा वातावरण मन्त्रालयबाट हुने प्रस्तुतीमा नेपाल वन प्राविधिक संघ, वाग्मती कार्यसमिति (NFA, Bagamati) ले समेत सुझाव पेश गर्नलागेकोले;

यस प्रदेशमा कार्यरत रहनुभएका संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी सरोकार राख्नुहुने नेपाल वन प्राविधिक संघ (NFA, Bagamati) लगायत नेपाल फरेष्ट टेक्निसिएन्स एसोसिएसन(NEFTA), जुनियर वन प्राविधिक संघ (JFTA) मा आवध्द सम्पूर्ण कार्यरत वन प्राविधिक मित्रहरूले;

यस क्षेत्रको चुस्त र छरीतो सेवा प्रवाह तथा वन प्राविधिकहरुको बृत्ति बिकास र सेवाको सुरक्षाको लागि;

वाग्मती प्रदेशको अबको सांगठनिक तथा व्यवस्थापकीय संरचना के कस्तो हुनुपर्ने हो;

सो सम्बन्धमा आफूलाई लागेको ठोस सुझावहरू र प्रतिकृया बूँदाबुँदामा नेपाल वन प्राविधिक संघ, वाग्मती प्रदेशको फेसबुक पेजमा वा सदस्यहरूको Whatsapp वा Facebook messenger मा message गरी वा अरू संभव माध्यमबाट ढीलोमा १७ गते अपरान्ह ५ बजेभित्र पठाईदिनुहुन अनुरोध छ ।

प्रदेशको वन वातावरण र जलाधार क्षेत्रको सांगठनिक तथा व्यवस्थापकीय पुनर्संरचनामा रचनात्मक भूमिका खेलौँ !!!!!

फेसबुक पेजः NFA Bagamati नेपाल वन प्राविधिक संघ बागमती

धन्यवाद !

टंकनारायण श्रेष्ठ

सदस्य

नेपाल वन प्राविधिक संघ, वाग्मती (NFA, Bagamati)


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com