सरकारसँग वार्तामा दुर्गा प्रसाईं नम्र — ‘भुलचूक भयो, माफी चाहन्छु’

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of सरकारसँग वार्तामा दुर्गा प्रसाईं नम्र — ‘भुलचूक भयो, माफी चाहन्छु’

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियान का संयोजक दुर्गा प्रसाईं सरकारले बोलाएको वार्तामा सहभागी हुन सोमबार सिंहदरबार पुगे। प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उपस्थित हुँदै प्रसाईंले विगतमा आफ्ना अभिव्यक्तिबाट उत्पन्न विवादका लागि औपचारिक माफी मागेका छन्।

सरकारसँग २७ बुँदे मागबारे छलफलका क्रममा प्रसाईंले आफूले प्रधानमन्त्रीबारे सार्वजनिक रूपमा गरेका टिप्पणी स्मरण गर्दै,

“मैले भनेका कुरामा सरी भन्छु, माफी माग्छु,” भन्दै क्षमायाचना व्यक्त गरेका थिए।

वार्ताका बीचमा प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति उपहारस्वरूप प्रदान गरे। सहभागीका अनुसार प्रसाईंले,

“तपाईं माता हो, दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्,”

भन्दै प्रधानमन्त्रीको भूमिकालाई प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए। यसअघि उनीहरूले प्रधानमन्त्रीलाई बुद्धको मूर्ति पनि उपहार दिएका थिए।

प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याललगायतको उपस्थितिमा भएको छलफलमा प्रसाईंले मंसिर ६ गतेदेखि उठाइरहेका मागहरूको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराए। सोही निर्देशनअनुसार सोमबारलाई प्रसाईं–सरकारबीच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा विस्तृत छलफलको समय निर्धारण गरिएको थियो।

लगातार विवाद र विरोध प्रदर्शनको बीचमा भएको यस भेटघाटमा प्रसाईंले आफ्ना अभिव्यक्तिबाट “गलत बुझाइ भएको” स्वीकार गर्दै वातावरण सहज बनाउन आफू इच्छुक रहेको संकेत दिए।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com