काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत् कटौती, हुने

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत् कटौती, हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ। विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजना अन्तर्गतका कामका कारण बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म बिजुली बन्द गर्न लागिएको बानेश्वर वितरण केन्द्रले जानकारी दिएको हो।

प्राधिकरणका अनुसार मित्रपार्क–पशुपति कलेज क्षेत्र, विमानस्थल फिडरअन्तर्गत ढल कीवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म, तथा बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दीर्घायु अस्पतालदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति रोकिनेछ। त्यसैगरी नयाँ चाबहिल नयाँबस्ती फिडर क्षेत्रमा पनि बिहान ७ बजेदेखि ८ बजेसम्म चाबहिलचोक, गौरीघाट चोकदेखि नयाँबस्ती पुरै क्षेत्रमा बिजुली बन्द हुनेछ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्ताहरूलाई पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। साथै तोकिएको कार्य समयअगावै पूरा भएमा प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र नियमित गरिने सूचनामा उल्लेख छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com