मधेश प्रदेशमा सात दलीय गठबन्धनद्वारा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति
Ecoecopolitics Deskएक महिना अगाडि
१९ मंसिर, जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रयास अन्ततः सात दलीय गठबन्धनको सहमतिमा टुंगिएको छ। गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
आज बिहानैदेखि चलेको विस्तृत छलफलपछि यादवको नाममा अन्तिम सहमति बनेको एक प्रदेश सांसदले जानकारी दिए। हाल प्रदेश सभाका सांसदहरूले सहमति पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया जारी छ।
गठबन्धनका दलहरूले संविधानको व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि साझा उम्मेदवारका रूपमा यादवलाई अघि सारेका छन्। सहमति पत्रमा हस्ताक्षर पूरा भएपछि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिने बताइएको छ।








