ओली–देउवा बीचको भेटवार्ता : जेनजी आन्दोलनपछि पहिलो भेट

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of ओली–देउवा बीचको भेटवार्ता : जेनजी आन्दोलनपछि पहिलो भेट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शनिबार देउवाको महाराजगञ्जस्थित निजी निवास पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार उनीहरूबीच साढे ३ बजे भेट वार्ता तय भएको थियो। हाल उनीहरूबीच छलफल जारी रहेको सचिवालय स्रोतले जनाएको छ।

भेटमा ओली र देउवासहित आरजु राणा र राधिका शाक्य पनि सहभागी छन्। जेनजी आन्दोलनपछि भदौ २३ र २४ गतेको घटनापछि शीर्ष नेताबीच पहिलोपटक यस्तो भेटवार्ता भएको हो। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो। जेनजी आन्दोलनपछि भदौ २४ गते ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा समसामयिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन रणनीति तथा आपसी समझदारीका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको निवासमा आक्रमण भएको थियो। उपचारका लागि सिंगापुर गएका देउवा हालै स्वदेश फर्केका हुन्।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com