नेपाल ट्रेड युनियन काँग्रेस ललितपुरद्वारा बारिस्टा तालिम सुरु,

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of नेपाल ट्रेड युनियन काँग्रेस ललितपुरद्वारा बारिस्टा तालिम सुरु,

ललितपुर । नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति र जिल्लाफ (JILAF) को सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेस ललितपुरले आयोजना गरेको ‘बारिस्टा तालिम कार्यक्रम’ नेपाल कफी तथा बारिस्टा एकेडेमी, कुसुन्ती–ललितपुरमा एक समारोहका बीच सुरु गरिएको छ।

उद्घाटन समारोहका प्रमुख आतिथि राष्ट्रिय समितिका महासचिव अजय कुमार राईले तालिमले युवाहरूको सीप विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा ललितपुर सभापति दुर्गा भण्डारीको सभापतित्व थियो। स्वागत मन्तव्य ललितपुर कोषाध्यक्ष सन्तोष भुजेलले व्यक्त गर्दै अहिलेको बजारमैत्री सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याउने उल्लेख गरे।

कार्यक्रममा राष्ट्रिय समिति उप–महासचिव देवदत्त बडु, केन्द्रीय सदस्य कमल कुमार बिष्ट, अर्जुन पाठन, युवासमिति अध्यक्ष दिपेन्द्र सुनार लगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्दै तालिमले कफी उद्योगमै रोजगारीका नयाँ ढोकाहरू खोल्ने विश्वास व्यक्त गरे।

१५ जना युवा दिदीबहिनी तथा भाइहरूको सहभागिता रहेको यस तालिममा प्रशिक्षक सादुराम गिरीले आफ्नो १४ वर्षको अनुभव १५ दिनको तालिममार्फत सहभागीहरूलाई पेशागत रूपमा दक्ष बनाइने जानकारी दिए। कार्यक्रमको सञ्चालन ट्रेड युनियनका सचिव माधव चन्दले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा ललितपुरका उपाध्यक्ष रामप्रसाद भण्डारीसहित विभिन्न ट्रेड युनियनका पदाधिकारी र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समितिको भनाइअनुसार, तालिम पूरा गरेपछि सहभागीहरूले कफी उद्योग तथा होटल–रेष्टुरेन्ट क्षेत्रमा सजिलै रोजगारीका अवसर पाउने अपेक्षा गरिएको छ।

कार्यक्रमले युवा सीप विकास, रोजगारी सिर्जना र कफी संस्कृति विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएकाे छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com