नीतीशले लिए दसौँ पटक मुख्यमन्त्रीको शपथ, २६ सदस्यीय मन्त्रिपरिषद् गठन
Ecoecopolitics Desk८ महिना अगाडि
बिहारका मुख्यमन्त्री नीतीश कुमारले बिहीबार दसौँ पटक पदकाे शपथ लिए । उनीसँगै बीजेपीका सम्राट चौधरी र विजय कुमार सिन्हासहित कुल २६ जनाले मन्त्री पदको शपथ लिए, जसमा तीन महिला र एक मुस्लिम मन्त्री समावेश छन्। जेडीयूका मोहम्मद ज़मा खान एक मात्र मुस्लिम मन्त्री बने । शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र शीर्ष केन्द्रीय नेतृत्व उपस्थित थिए। हालै सम्पन्न बिहार विधानसभा चुनावमा एनडीएले २४३ मध्ये २०२ सिट जित्दै ठूलो बहुमत हासिल गरेको थियो। मन्त्री सूचीमा बीजेपीबाट १४, जेडीयूबाट ८, एलजेपी(आर)बाट २, हिन्दुस्तानी अवाम मोर्चाबाट १ र राष्ट्रिय लोक मोर्चाबाट १ जनालाई स्थान दिइएको छ, जससँगै नीतीशको नयाँ क्याबिनेटले पूर्णरूपमा काम सुरु गरेको छ।








