नेपाल वन प्राविधिक सङ्घको ५२ औँ स्थापना दिवस नेपाल वन प्राविधिक सङ्घ गण्डकी प्रदेश ले उत्कृष्ट वन प्राविधिक वा कर्मचारीलाई आगामी बर्ष पुरस्कृत गर्ने
EcoEcoPolitics३ दिन अगाडि
कास्कि पोखरा
नेपाल वन प्राविधिक सङ्घको ५२ औँ स्थापना दिवस आज मिति २०८२ साल मङ्सिर महिनाको ४ गते वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सभा हलमा नेपाल वन प्राविधिक सङ्घ गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्री गणेशबहादुर कार्कीको अध्यक्षतामा प्रमुख अतिथि गण्डकी प्रदेश सरकार का वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेल विशेष अतिथि गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव श्री मोहनराज काफ्ले वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद गौतम प्राध्यापकहरू जितनारायण शाह महेन्द्र सिंह थापा कस्केली वन प्राविधिक समाजका अध्यक्ष एवं निवर्तमान प्रदेश वन निर्देशक श्री रामकाजी श्रेष्ठ लगायतका वनप्राविधिकहरूको उपस्थितिमा वन विज्ञान अध्ययन संस्थानपोखरा क्याम्पसमा मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई २०८३ सालदेखि वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको नाममा स्थापना गरिएको जहेनदार वन प्राविधिक अक्षय कोष बाट नियमानुसार प्राप्त हुने ब्याज रकमबाट जेहेनदार वन प्राविधिक पुरस्कार प्रदान गरिने घोषणा गरिनुको साथै गण्डकी प्रदेशमा क्रियाशील रहनुभएका वन कर्मचारी वा प्राविधिकहरूमध्ये वनरक्षक वा सोसरह देखि रेन्जर वा सो सरहसम्मका वन प्राविधिक वा कर्मचारीहरूमध्येबाट एकजना र अधिकृत स्तर वा सोभन्दा माथिका वन प्राविधिक वा कर्मचारीहरूमध्येबाट एकजना उत्कृष्ट वनप्राविधिक वा कर्मचारी छनौट गरी प्रत्येक उत्कृष्ट वन प्राविधिक वा कर्मचारीलाई यो आर्थिक वर्ष लाई आधार वर्षमानी आगामी आर्थिक वर्षदेखि जम्मा ५ हजार नगद र प्रमाणपत्र प्रदान गरी गरिने घोषणा गरियो कार्यक्रममा प्रमुख अतिथि भेषबहादुर पौडेल विशेष अतिथिहरू कस्केली वन प्राविधिक समाजका अध्यक्ष रामकाजी श्रेष्ठ वनविज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख नारायण प्रसाद गौतम वन तथा वातावरण मन्त्रालयका सचिव मोहन राजकाफ्ले र नेपालवन प्राविधिक संघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष गणेश बहादुर कार्की ले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल वन प्राविधिक सङ्घ गण्डकी प्रदेश कमिटीका कोषाध्यक्ष श्री मदन सुवेदीले गर्नुभएको थियो।








