सिंगिङ्ग बाउल के हो?

सिंगिङ्ग बाउल जसलाई हामी ध्वनि पत्र पनि भन्छौं ( टिबेटन वा हिमालयन बाउल) यो एक प्रकारको पात्र हो जसलाई ठोक्दा वा किनारालाई घश्रण गर्दा गुञ्जायमान, मधुर ध्वनि र कम्पन उत्पन्न हुन्छ।.यो ध्वनि ध्यान, ऊर्जा–सन्तुलन, रिल्याक्सेसन, उपचार, र ध्वनि–थेरेपीमा प्रयोग हुन्छ।
इतिहास र उत्पत्तिको बिषय मा भन्नुपर्दा यो मूलतः तिब्बत, नेपाल, भुटान तथा उत्तरी भारतका हिमाली क्षेत्रमा उत्पादन हुन्छ। करिब २,००० वर्ष पुरानो परम्परा देखि यो बिभिन्न काम मा प्रयोग भएको पा।इन्छ ।
बौद्ध परम्परा अनि आध्यात्मिक अनुष्ठान, ध्यान, तथा पूजा–पाठमा प्रयोग भएको देखिन्छ।
प्राचीन बाउलहरू सात धातु प्रयोग गरेर बनाइन्थे। सात धातु र तिनका प्रतीक यस प्रकारका छन ।
धातु प्रतीक ग्रह
सुन सूर्य
चाँदी चन्द्र
पारो (Mercury) बुध
तामा शुक्र
फलाम मंगल
टिन बृहस्पति
सिसा शनि
कसरी ध्वनि उत्पन्न हुन्छ?
१. ठोकेर (Strike): हल्का ठोक्दा घण्टी–जस्तो ध्वनि बज्छ।
२. किनारा घस्दा (Rubbing): काठ वा छालाको मालेटलाई निरन्तर बावल मा घस्रन गर्दा कम्पनमहसुसगर्नसकिन्छ ।।
ध्वनिको गुण बावलको आकार मा निर्भर हुन्छ: आकार — ठूलो बाउल = गहिरो ध्वनि
मोटाई/आकार — कम्पनको गुण बदलिन्छ । धातु अनुसार ध्वनिक गुण (Treble) फरक हुन्छ
ध्वनिपात्रका मुख्य विशेषताहरू मा
ध्वनि गहिरो, बहु–स्तरीय र शान्तिकरहुनु , कम्पन शरीरले महसुस गर्न सकिने र ऊर्जा सन्तुलनमा सहयोगी हुनु , फ्रिक्वेन्सी चक्र–बिन्दुसँग सम्बन्धित विशेष तरंगहरू उत्पन्न हुनु, हस्तनिर्मित प्रत्येक बाउल एकदमै उत्कृष्ठ ,सात चक्रहरूसँग सम्बन्धित विशेष ध्वनि बजा।एर चक्र सन्तुलन कायम गर्न मिल्ने गुण यसमा हुन्छ।
आध्यात्मिक तथा उपचारात्मक उपयोग
ध्यान गहिरो र केन्द्रित बनाउने
चक्र सन्तुलन
ध्वनि–थेरेपी: तनाव, चिन्ता, पीडा कम गर्न
योग, प्राणायाममा मद्दत
ध्यान/कक्ष शुद्धिकरण
बौद्ध/हिन्दू अनुष्ठानमा प्रयोग
वैज्ञानिक लाभ (अध्ययनले देखाएको)
मुटुको धड्कन र रक्तचाप कम
तनाव र चिन्ता घटाउने
राम्रो निद्रा
स्नायुतन्त्र शान्त
शारिरीक मानसिक भावनात्मक सन्तुलन
चक्र र ध्वनि (टोन) सम्बन्ध
मूलाधार (Root) मेरुदण्डको आधार C रातो
स्वाधिष्ठान तल्लो पेट D सुन्तला
मणिपुर नाभी वरि E पहेंलो
अनाहत मुटु क्षेत्र F हरियो
विशुद्ध घाँटी G निलो
आज्ञा निधार A जामुनी
सहस्रार टाउको B बैजनी
सिंगिङ्ग बाउलको हेरचाह कसरी गर्ने?
सधैं सफा र सुख्खा राख्ने।
धेरै बलले नकुट्ने।
नरम कपडाले बिस्तारै पोलिस गर्ने।
कुसन वा रिङमा राखेर सुरक्षित रूपमा स्टोर गर्ने।
आध्यात्मिक वाद्य–यन्त्रझैँ आदरपूर्वक व्यवहार गर्ने।
रोचक तथ्य
सिंगिङ्ग बाउल बजाउँदा पानीमा राखेर हेर्दा स्पष्ट कम्पन–तरंग देखिन्छ — ध्वनि र ऊर्जा कसरी फैलिन्छ भन्ने सुन्दर उदाहरण हो।
नोट :(हामी अत्यन्त उत्साहित छौँ कि छिट्टै एउटा नयाँ वेलनेस कार्यक्रम सुरु हुँदैछ, जुन Hearling, Paradise Nepal र हाम्रा मूल्यवान साझेदारहरूले संयुक्त रूपमा ल्याउँदैछन् २ दिने कार्यक्रम जसमार्फत प्रत्येक सहभागीले पूर्ण आरोग्य परम आनन्द र सकारात्मक रुपान्तरण प्राप्त गर्न सक्नुहुन्छ।
थप विवरणका लागि सम्पर्क गर्नुहोस्: ९८६३८४१७९१
९८६३८४१७९१)



रितु शाक्य (मास्टर हिलर. हिलिङ् प्याराडायीज नेपाल )




