किन आयो विश्वभर इन्टरनेटमा समस्या?
EcoEcoPolitics४ दिन अगाडि
काठमाडौं — विश्व प्रसिद्ध इन्टरनेट इन्फ्रास्ट्रक्चर सेवा प्रदायक क्लाउडफेयरमा आएको प्राविधिक मर्मत–समस्याका कारण मंगलबार साँझदेखि संसारभरका लाखौँ वेबसाइट र एप्लिकेशनहरू बन्द हुन पुगे । क्लाउडफेयरले आफ्नो वेबसाइटमार्फत साँझ करिब सवा ५ बजेदेखि सेवा प्रभावित भएको जानकारी दिएको छ।
क्लाउडफेयरमा निर्भर रहेर चल्ने लोकप्रिय सामाजिक सञ्जाल ‘एक्स (X)’, ओपनएआईको ‘च्याटजिपीटी’सहित करिब ७५ लाख वेबसाइट र सेवाहरू डाउन भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसले विश्वभरका प्रयोगकर्ताहरूलाई वेबसाइट लोड गर्न, पोस्ट हेर्न र एप्लिकेशन चलाउन गम्भीर समस्या पैदा गरेको छ।
अन्तर्राष्ट्रिय रिपोर्टअनुसार
• करिब ४३% प्रयोगकर्ताले पोस्ट लोड हुन समस्या भोगे,
• २३% ले वेबसाइट नै सञ्चालन गर्न सकेनन्,
• २४% ले वेब कनेक्शनमा अवरोध पाएका छन्।
यसैबीच, विश्वभरका सर्भर समस्याबारे जानकारी दिने ‘डाउन डिरेक्टर’ वेबसाइटसमेत क्लाउडफेयर डाउन रहँदा आफैँ बन्द हुन पुगेको छ।
विशेषज्ञको चेतावनीसूचना प्रविधि विज्ञ तथा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले क्लाउडफेयरमा आएको वैश्विक समस्या इन्टरनेट पूर्वाधारको अत्यधिक केन्द्रीयता (centralization) को परिणाम भएको बताए।
उनका अनुसार,क्लाउडफेयरको हालैको विसंगति गम्भीर सुरक्षा चेतावनी हो। इन्टरनेटमा ‘Single Point of Failure’ को जोखिम हटाउन अब बहु-प्रदायक संरचना अनिवार्य छ।’
उनले संस्थाहरूले इन्टरनेट ट्राफिक एकै सेवामा निर्भर राख्नु जोखिमपूर्ण भएकाले अब नेटवर्कलाई धेरै स्थान र प्रदायकमा विभाजित गर्नुपर्ने सुझाव दिए।
जिरो ट्रस्ट सुरक्षातर्फ जानुपर्ने सुझाव अधिकारीका अनुसार अबको इन्टरनेट सुरक्षा ‘जिरो ट्रस्ट’ मोडेलमा आधारित हुनुपर्ने स्पष्ट हुँदै गएको छ।
उनले भने,
‘संस्थाको डाटा सुरक्षा र पहुँच नियन्त्रणलाई जिरो ट्रस्ट संरचना र क्लाउडफेयर र्याप जस्ता प्रणालीमार्फत मजबुत बनाउन अत्यावश्यक छ।’
आपतकालीन योजना समीक्षा आवश्यक विज्ञ अधिकारीले विश्वव्यापी आउटेजले संगठनहरूको आपतकालीन प्रतिक्रिया योजनाको कमजोरी उजागर गरेको भन्दै
• फेल भएका वेबसाइट पुनर्स्थापना प्राथमिकता निर्धारण,
• वैकल्पिक कनेक्टिभिटी रणनीति,
• र विश्वव्यापी साइबर सहकार्य
अबको आवश्यक सुरक्षा आधार भएको बताए।
उनी भन्छन्,अबको सुरक्षा भनेको लचकता (resilience) नै हो।’








