Holistic Healing:शरीरका पाँच तत्व संतुलन गर्ने प्राकृतिक उपायहरू
रितु शाक्य (मास्टर हिलर. हिलिङ् प्याराडायीज नेपाल )१ हप्ता अगाडि
हिन्दू, बौद्ध, तान्त्रिक र आयुर्वेदिक परम्परा अनुसार — सबै ब्रह्माण्ड र हाम्रो शरीर पाँच तत्वबाट बनेका छन्।
पृथ्वी, जल, अग्नि, वायु र आकाश—बाट बनेको मानिन्छ। यी तत्वहरू असन्तुलित हुँदा शारीरिक, मानसिक र भावनात्मक समस्या देखा पर्न सक्छन्। प्राकृतिक उपायमार्फत यी तत्वहरू सन्तुलनमा ल्याएर मन, शरीर र आत्मालाई स्वस्थ राख्न सकिन्छ।
ती पाँच तत्व हुन्
1. पृथ्वी (Earth / Prithvi)
2. जल (Water / Jal )
3. अग्नि (Fire / Agni)
4. वायु (Air / Vayu)
5. आकाश (Space / Akash)
यी पाँच तत्व हाम्रो शरीर, मन र जीवनसँग सम्बन्धित हुन्छन् जुन यस प्रकार छन्
१. पृथ्वी तत्व (Prithvi)
अर्थ: स्थिरता, बल, संरचना
शरीरमा:
हड्डी (अस्थि) मांसपेशी दाँत, नङ छाला र शरीरको सम्पूर्ण संरचना
मस्तिष्क–मनमा:धैर्य स्थिरता आत्मविश्वास
२. जल तत्व (Jal )
अर्थ: प्रवाह, चिप्लोपन, जीवनदायिनी शक्ति
शरीरमा: रक्त (रगत) थुक आँसु मूत्र पाचन रस
मनमा: स्नेह भावना प्रेम
३. अग्नि तत्व (Agni / Tejas)
अर्थ: परिवर्तन, उर्जा, ताप
शरीरमा: पाचन शक्ति शरीरको तापक्रम दृष्टि शक्ति रूपान्तरण (metabolism)
मनमा: बुद्धि प्रेरणा साहस हिम्मत जोश जाँगर
४. वायु तत्व (Vayu)
अर्थ: गति, चलायमान शक्ति
शरीरमा: श्वासप्रश्वास रक्तसंचार स्नायु (nerves) हात–खुट्टा चल्ने शक्ति
मनमा: सिर्जनशीलता चञ्चलता सोचको गति
५. आकाश तत्व (Akash)
अर्थ: खाली स्थान, विस्तार
शरीरमा: कानको गहिरो भाग नाक, घाँटी, फोक्सोको खाली ठाउँ पेट भित्रका स्थान कोष–कोषबीचको खाली भाग
मनमा: चेतना शान्ति आध्यात्मिकता
हाम्रो शरीरमा पाँच तत्व सन्तुलन यस प्रकार गरिन्छ
पृथ्वी तत्व सन्तुलन (Earth Element)
सम्बन्धित गुणहरू: स्थिरता, धैर्य, आत्मविश्वास
असन्तुलनका लक्षण : थकान, अस्थिरता, चिन्ता, कमजोरी
कसरी सन्तुलन गर्ने?
ग्राउन्डिङ अभ्यास: खुट्टा जमिनमा नाङ्गो राखेर ५–१० मिनेट बस्ने/हिँड्ने
धरतीसँग जोडिने काम: बगैँचामा काम, माटो को लेप लगाउने माटोले शरीर ढाक्नुपर्छ
गुलियो र मनतातो खानेकुरा खाने जस्तै खजुर, आलुतरकारी, सादा दुध
ताडासन, बालासन, मालासन जस्ता योग आसन गर्नै
मन्त्र: "ॐ पृथ्वी नमः"
जल तत्व सन्तुलन (Water Element)
सम्बन्धित गुणहरू: भावनाहरू, लचिलोपन, सृजनशीलता
असन्तुलन लक्षण: भावनात्मक उतावचढाव, छाला सुख्खा, डिहाइड्रेसन
कसरी सन्तुलन गर्ने?
प्रति दिन पर्याप्त पानी पिउनु (८–१० गिलास)
चन्द्र नमस्कारको अभ्यास गनें
नुहाउने बेला ध्यानपूर्वक पानीको स्पर्श महसुस गर्ने
फलफूल र रसिलो खानेकुरा: काँक्रो खरबुजा सुन्तला खाने
मन्त्र: "ॐ वारुणाय नमः"
अग्नि तत्व सन्तुलन (Fire Element)
सम्बन्धित गुण: पाचन, ऊर्जा, हिम्मत जोश जाँगर
असन्तुलनका लक्षण: क्रोध, अम्लपित्त अल्छीपन, पाचन समस्या
कसरी सन्तुलन गर्ने?
दियो बालेर ध्यान गर्नै शरीरमा गर्मी बढाउने खाना खाने
अग्निसार, कपालभाति, सूर्य नमस्कार
भोजन: अदुवा, लसुन, हल्का मसला युक्त भोजन
सूर्यको किरण बाट विटामिन D प्राप्त गर्ने 5–10 मिनेट
मन्त्र: "ॐ सूर्याय नमः"
वायु तत्व सन्तुलन (Air Element)
सम्बन्धित गुण: मन, सोच, सासप्रश्वास, गतिशीलता
असन्तुलनका लक्षण: चिन्ता, बेचैनी, एकाग्रता कमी
कसरी सन्तुलन गर्ने?
प्राणायाम: अनुलोम–विलोम, भ्रामरी
हल्का योग: क्याट–काउ, त्रिकोणासन
ताजा हावामा बिहान–बेलुका १० मिनेट हिँड्ने ध्यान गर्नै
मन्त्र: "ॐ वायुवे नमः"
आकाश / स्पेस तत्व सन्तुलन (Ether Element)
सम्बन्धित गुण: शान्ति, ज्ञान, अन्तर्ज्ञान
असन्तुलन: अत्यधिक सोच, तन्द्रा, शान्ति हराउनु विभेक हराउनु
कसरी सन्तुलन गर्ने?
मौन ध्यान गर्ने (५–१० मिनेट)
डायरी लेख्ने, आफ्ना विचारहरू पोख्ने
हल्का, स्वच्छ खाना: फलफूल, ताजा तरकारी
भ्रामरी उज्जाइ प्राणायाम गर्ने
मन्त्र: "ॐ आकाशाय नमः"








