गगन र योगेश लाई ज्योति मगरको सुझाव: “दुवै मिलेर नयाँ पार्टी खोल्नुस्”

Author ImageEcoecopolitics Desk८ महिना अगाडि
Image of गगन र योगेश लाई ज्योति मगरको सुझाव: “दुवै मिलेर नयाँ पार्टी खोल्नुस्”

काठमाडौँ — चर्चित नेपाली लोकदोहोरी कलाकार ज्योति मगरले सामाजिक सञ्जालमा राखेको एक राजनीतिक टिप्पणी अहिले व्यापकै रुपमा भाइरल बनेको छ। उनले कांग्रेस नेता गगन थापा र एमाले नेता योगेश भट्टराई मिलेर नयाँ पार्टी खोले कस्तो होला भन्ने प्रश्न उठाउँदै खुलेर टिप्पणी गरेकी छन्।

 

उनको भनाइ यस्तो छ—

 

“गगन थापा जि र योगेश भट्टराई जि ले मिलेर अर्को पाटी खोल्दा कसो होला??? अध्यक्ष गगन थापा, महासचिव योगेश भट्टराई बाकी पदाधिकारी थप्दै जांउ…

यी पढे लेखेका मूर्ख हरु देश को चिन्ता भन्दा नि पाटी को अध्यक्षता मा देउवा र ओलि भाको मा बर्ता चिन्ता गर्छन…

एउटा कार्यक्रम मा त गगन थापा, योगेश भट्टराई र राम कुमारी झाक्री हामी 3 जना नै एम.सि.सि.बादी हो भनेर हास्दै थिय…

यी न काग्रेसबादी न एमालेबादि न जनबादी न राजाबादी यिनी हरु मलाइ औसरबादि लाग्छन… छुचो मुख छ फेरि गाली खाइने हो…

म कमेन्ट यत्रो नि पढ्दिन…”


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com