सिंगापुर उपचारपछि देउवा दम्पति स्वदेश फिर्ता
Ecoecopolitics Desk८ महिना अगाडि
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट भएपछि घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्र मन्त्री डा. आरजु देउवा राणा सिंगापुरमा उपचार गराएर नेपाल फर्केका छन्।
कांग्रेस नेतृत्वका अनुसार देउवा दम्पति कार्तिक १० गते स्वास्थ्य परीक्षण र थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। आन्दोलनका क्रममा शरीरका विभिन्न भागमा चोटपटक पुगेपछि चिकित्सकको सल्लाहमा तिनलाई बाहिर पठाइएको थियो। करिब १८ दिनको उपचारपछि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएका हुन्।विमानस्थलमा देउवा दम्पतिलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले स्वागत गरेका थिए।








