पूर्व–आईजीपी खापुङको विदेश भ्रमण रोक, उपत्यका छोड्न पनि स्वीकृति अनिवार्य
Ecoecopolitics Desk३ महिना अगाडि
२३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको विदेश भ्रमण रोक लगाउने निर्णय गरेको छ। आयोगले खापुङलाई स्वीकृतिविना काठमाडौं उपत्यकासमेत बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।
बुधबारदेखि अवकाश प्राप्त गरेका खापुङ जेन–जी आन्दोलनका संवेदनशील अवधिमा आईजीपी रहेका थिए। ती दिनका घटनाबारे छानबिन जारी रहेकाले उनको आवागमनमा नियंत्रण आवश्यक ठानेर आयोगले यस्तो निर्णय गरेको हो।
यसैबीच, सरकारले बिहीबारदेखि लागू हुने गरी दानबहादुर कार्कीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। कार्कीले आजै गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएर आफ्नो जिम्मेवारी सम्हालेका छन्।








