२ लाख ९ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Author ImageEcoecopolitics Desk५ महिना अगाडि
Image of २ लाख ९ हजारभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले हालसम्म देशभर २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता दर्ता भएको जनाएको छ। मंगलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता थपिएका छन्।

आयोगका अनुसार मंगलबार दर्ता भएका मतदातामध्ये १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्य समूहका रहेका छन्।

नयाँ मतदाता दर्ता प्रक्रिया सुरु भएयता अहिलेसम्म १ लाख २२ हजार ७४० जना पुरुष, ८६ हजार ७८५ जना महिला र २७ जना अन्य समूहका मतदाता थपिएका आयोगले जनाएको छ।

हाल नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ। तर देशभर देखिएको अत्यधिक भीड र दर्ता चापका कारण तोकिएको म्यादभित्र सबैलाई दर्ता गर्न नसकिने अवस्था देखिएकाले आयोगले सरकारले समयावधि थप गर्न सुझाव दिएको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com