गुल्मीमा ट्याक्टरबाट खसेर २४ वर्षीय युवकको मृत्यु
Ecoecopolitics Desk६ महिना अगाडि
गुल्मी, कार्तिक २६ — गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीमा ट्याक्टरबाट खस्दा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार बी.पी. चोकदेखि पुर्कोटदह जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टरबाट खस्दा सोही स्थानका २४ वर्षीय अनिल कुँवरको मृत्यु भएको हो।
दुर्घटना गएराति करिब साढे ९ बजे भएको बताइएको छ। चालक २२ वर्षीय सुशील कुँवरले मादक पदार्थ सेवन गरेको अवस्थामा ट्याक्टर चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
घाइते अनिललाई उपचारका लागि तत्काल गुल्मी अस्पताल पुर्याइएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
हाल चालक सुशील कुँवर प्रहरी नियन्त्रणमा रहेका छन् र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको








