वातावरण सुरक्षा विज्ञ डा. दामोदर शर्मा सँग गरिएको भलाकुसारि
EcoEcoPolitics१ हप्ता अगाडि
डा. दामोदर शर्मा वन तथा वातावरण संरक्षण क्षेत्रमा विगत चार दशक देखि कार्यरत रहेका संरक्षणकर्मी हुनुहुन्छ । त्रिभुवन विश्वबिधालयबाट विधावारधी शिक्षा हशिल गरेका डा. शर्मा वातावरण विज्ञान र वनस्पति विज्ञानका दुई बिषयमा स्नातकोतर प्रथम श्रेणी तथा वन बिज्ञान र जीव बिज्ञमा दुई बिषयमा स्नातक शिक्षा प्रथम क्षेणीमा उतिर्ण गर्नुभएको छ । नेपाल सरकार र दातृ निकायहरु सहित विभिन्न संघ संस्थामा वन तथा वातावरण संरक्षण क्षेत्रमा अनुभव बटल्नु भएका डा. शर्मा नेपाल सरकार बाट वन तथा वातावरण बिज्ञको रुपमा समेत विभुषित हुनुभएको छ । हाल समृद्धिका लागि वन परियोजनामा लुम्विनी प्रदेशको वातावरण सुरक्षा बिज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
विश्वविधालय स्तरीय (माथिल्लो) शैक्षिक योग्यताको कुरा गर्दा विवरण डा. शर्माले त्रिभुवन विश्वबिधालयबाट ग्रामीण विकासमा वनको प्रभाव बिषयमा विधावारधीको उच्च शिक्षा र कार्य अनुभवको कुरा गर्दा नेपाल सरकारको अधिकृत, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम ९ग्ल्म्ए० को सल्लाहाकार, जर्मन सहयोग नियोग ९न्क्ष्श्० को प्राविधिक व्यवस्थापक, विश्व बैक ९ध्यचमि द्यबलप० को बिज्ञ सहित विभिन्न संघ संस्थाहरुमा वातावरणीय परामर्शदाताको काम गरी सक्नुभएको छ । यसै गरी तालिमको कुरा गर्दा डा. शर्माले नर्वेको ओश्लो विश्वविधालयबाट Energy Planning and sustainable development, अमेरीकन भाषा केन्द्रबाट Professional English writing Course, UN/CSSTEAP af6 Application of Geospatial Technologies in forest fire in 2019; Geospatial Modeling in forestry in 2018; Disaster Damage and loss in natural heritage in 2016; Natural world heritage sites in disaster risk reduction in 2015 tyf Asia Pacific Forestry Network Cambodia af6 Forest Rehabilitation & Management in 2017 / GUB, AG/GTZ af6 Wastewater Treatment Training course in 2010 ;fy} World Bank Group af6 Environmental and Social Risk Management; Deep Dive on Sexual Exploitation and Abuse / Occupational Health and Safety (OHS) Forestry जस्ता बिषयमा ज्ञान लिनुभएको छ ।
बिभुषण तथा सम्मान तर्फ डा. शर्माले तिन दर्जन भन्दा बढी सम्मान प्राप्त गर्नु भएको छ । जसमध्ये रुपन्देही जिल्ला विकास समितीबाट २०५३ मा वन तथा वातावरण संरक्षण प्रशंसा पत्र, पर्सा जिल्ला विकास समितीबाट २०५७ मा एकिकृत जिल्ला विकास योगदान कदर पत्र, सहसाब्दी विकास लक्ष्य महासंघबाट सन् २००६ मा अन्तराष्ट्रिय वातावरण सम्मान, युनेस्को महासंघबाट सन् २००७ मा युनेस्को आन्दोलन संरक्षण कदर पत्र, नेपाल भ्रमण बर्षको सचिवालयबाट सन २००९ मा उत्कृष्ट संरक्षण कदर पत्र, युनेस्को आवाज राष्ट्रिय दैनिकबाट सन् २०११ मा साँस्कृतिक तथा वातावरणीय संरक्षण सम्मान पत्र, सहसाब्दी विकास लक्ष्य महासंघबाट २०६३ मा वातावरण संरक्षण कदर पत्र, पिपुल टु पिपुल तथा रुसि सांस्कृतिक केन्द्रबाट २०६४ मा वातावरण संरक्षण कदर पत्र, पिपल निम तुल्सी संरक्षण अभियानबाट २०७८ मा अन्तराष्ट्रिय वातावरण सम्मान, गणेशमान प्रतिष्ठान नेपालबाट २०७९ मा जैविक विविधता तथा वन वातावरण सम्मान पत्र सहित नेपाल सरकार (सम्माननिय राष्ट्रपतिज्यु) बाट २०८० मा प्रवल जनसेवाश्री विभूषण प्राप्त गर्नु भएको छ । २०८१÷०८२ मा डा. शर्मालाई लुम्विनी प्रदेशका चौध वटै डिभिजन वन कार्यालयले वन तथा वातावरण क्षेत्रमा उल्लेखनिय योग्दान गरेको भन्दै सम्मान पत्रहरु प्रदान गरेको देखिन्छ ।
विदेश भ्रमणको कुरा गर्दा डा. शर्माले India, Pakistan, Bhutan, Bangladesh Thailand, Sweden, Norway, Denmark, Japan, Korea, United Kingdom, Greece, Qatar, Austria, Cambodia, Singapore, Malaysia, Sri Lanka देशको भ्रमण गरीसक्नु भएको छ । कृतिहरु प्रकाशनका कुरा गर्दा डा. शर्माका चार दर्जन भन्दा बढी वन, वातावरण तथा जैविक विविधता सम्बन्धीत लेख रचना प्रकाशित छन ।
वन तथा वातावरण क्षेत्रका समस्या तथा चुनौतीवारे जिज्ञाशा राख्दा डा. शर्मा भन्नुहुन्छ वन संरक्षणका समस्या र चुनौतीहरुको कारक तत्व मध्ये नेपालको फितलो र तिन तहका सरकारका आ–आफना (बाझिएका) कानुनहरु नै पहिलो हो भने वन पैदावारको महत्व उजागर हुन नसक्नु, वन सम्पदाको महत्व वारे सरकारको प्राथमिकता नहुनु, वन संरक्षणमा वजेट र कार्यक्रमको कमी दोश्रो हो भने वन अतिक्रमण, वन डढेलो, मानव वन्यजन्तु द्धन्द जस्ता समस्या र दक्ष जनशक्ती तथा आधुनिक प्रविधिको कमी तेस्रो हो भन्नुहुन्छ ।
वन तथा वातावरण क्षेत्रका विकासका लागि के गर्नु पर्ला भन्नेवारे जिज्ञाशा राख्दा डा. शर्मा भन्नुहुन्छ वन तथा वातावरण क्षेत्रको विकासका लागि सर्वप्रथम सरकार सचेत हुनु पर्ने, सरकारको प्राथमिकता सहित वन तथा वातावरणका लागि स्पष्ट निती नियम र बाझिएका कानुन संशोधन गर्दै जनमुखि वनाउनुपर्ने । देशमा विभिन्न स्थानमा पाईने वहुमुल्य काष्ठ तथा जडिबुटीहरुको पहिचान गर्दै यिनका पकेट क्षेत्रहरु वनाई संरक्षणमा जुटनुपर्ने र वन संरक्षणमा पर्याप्त वजेट र कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन जानु पर्ने । वन क्षेत्रमा लाई राजनैतिक हस्तक्षेप बन्द गर्ने, वन अतिक्रमण, वन डढेलो, मानव वन्यजन्तु द्धन्द जस्ता समस्या समाधानका लागि एकिकृत योजना बनाई बिधमान वनका जनशक्तीहरुका लागि उचित प्रशिक्षण र आधुनिक प्रविधि भित्राउने काममा लाग्नु पर्ने ।
वन तथा वातावरणको विकासमा समुदायमा आधारीत वन उपभोक्ता समुहको भुमिकावारे जिज्ञाशा राख्दा डा. शर्मा भन्नुहुन्छ वन तथा वातावरण क्षेत्रको विकासमा वन उपभोक्ता समुहहरुको अहम भुमिका छ, वन तथा वातावरण क्षेत्रको संरक्षण र विकासमा वन उपभोक्ता समुहहरुको विगत तिन दशकका प्रयासहरु भुल्नुहुदैन, पहाडी क्षेत्रका उजाड डाडाहरु हरीया भएका छन, वनको क्षेत्रफल बढेको छ, वनका आम्दनीबाट स्थानिय विकासमा टेवा पुगेको छ, सामाजिक तथा आर्थिक विकासमा सकरात्मक पहलकदमी भएको छ । यधपि हाल आएर सरकारी फितलो र बाझिएका वन नितीका कारण वन उपभोक्ता समुहहरुमा नैराश्यता आएको छ, युवा जनशक्ती (विदेश पलायन) गाउमा नहुदा उपभोक्ता समुहहरुमा संरक्षणको समस्या छ, वन पैदावारमा आधारीत आवश्यकता का विकल्पहरु (दाउराको विकल्प एलपिजी ग्यास, काठको विकल्पमा एलमुनियम र खरको विकल्पमा टीनका छाना) उपलब्ध हुदा वन संरक्षणमा चासो घटदो छ । वन सम्बद्र्धन कार्य गर्दा लाग्ने खर्चले वनबाट प्राप्तहुने पैदावार (आम्दानी) धान्न नसकिने अवस्था छ, अझ झन सरकारबाट लगाईएका दोहोरो तेहोरो करबाट उपभोक्ता मारमा परेकाछन, आमदानी भन्दा खर्च बढदो देखिन्छ, काठको बिक्रीमा कमी आएको छ, वन डढेलोको प्रकोप बढदो छ, वन्यजन्तुको आक्रमण बढदो छ, यस्तो अवस्थामा वन उपभोक्ता समुहको चासो घटनु अस्वभाविक होईन ।
वन वातावरणको विकासमा समुदायमा आधारीत वन उपभोक्ता समुहको चासो बढाउन के गर्नु पर्ला भन्ने जिज्ञाशा राख्दा डा. शर्मा भन्नुहुन्छ वन तथा वातावरण क्षेत्रको संरक्षण र विकासमा वन उपभोक्ता समुहहरुमा निस्क्रीयता हुनुका कारण पहिचान गरी समाधान तर्फ लाग्नु पर्ने देखिन्छ, जनजागरण फैलाउन र वन संरक्षण कार्यका लागि अझ पैरवी र वकालतका कार्यक्रम बनाई कार्यान्वयनमा लानु पर्ने देखिन्छ । हाल देखिएका कानुनी बाधा अडचन फुकाउन जरुरी छ, तिन तहका सरकारमा बाझिएका वन नितीहरु संशोधन गर्न जरुरी छ, युवा जनशक्ती जो विदेश पलायन हुदै छन तिनलाई उद्यम विकासमा लगाई गाउमै बस्ने वातावरण वनाउन जरुरी छ । वन संरक्षणमा घटेको चासो बढाउन जरुरी छ, विकल्पहरु प्रदान गर्नु आवश्यक छ । वन सम्बद्र्धन कार्य गर्दा लाग्ने खर्चको केही भाग रकम सरकारबाट व्यहोरी वन पैदावार बढाई उपभोक्ता समुहका आम्दानीका स्रोत बढाउन जरुरी छ । सालानी बढदो वन डढेलोको प्रकोप र मानव वन्यजन्तुका द्धन्द घटाउने दिशामा ढोस कदम चाल्न जरुरी छ । समग्रमा भन्नुपर्दा वन उपभोक्ता समुहको चासो घटनदिनु भएन, सक्रिय वनाई राख्न जरुरी छ ।
सरकारले वन उपभोक्ता समुहका लागि कार्यक्षेत्रमा सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, दुर्घटना बिमा, वन्यजन्तुबाट जोगिने उपाय अवलम्वन बिधी÷प्रविधिको विकास, डढेलो नियन्त्रणका विधी÷उपकरण र आय आर्जनका क्षेत्र विकासका कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनुहुन्छ ।
समृद्धिका लागि वन परियोजनाका वारेमा जिज्ञाशा राख्दा डा. शर्मा भन्नुहुन्छ समृद्धिका लागि वन परियोजनाबाट वन, वातावरण तथा जैविकविविधता क्षेत्रको संरक्षण र विकासमा टेवा पुगेको बताउदै वन उपभोक्ता समुहहरुको सक्रीयता बढाउने काम भएको, वन तथा वातावरण संरक्षणमा जनजागरण फैलिएको र वन संरक्षण कार्यका लागि पैरवी, वकालत र अभियानका कार्यक्रम बनाई कार्यान्वयनमा लगिएको वताउनुहुन्छ । युवा जनशक्ती विदेश पलायन हुने अवस्था घटाउन वनमा आधारीत उधोग स्थापना र संचालनका लागि पैरवी, वकालत र अभियानका क्रियाकलाप बनाउन थालिएको छ, सिप विकासका साथै सरल ऋणको व्यवस्थापन गर्न थालिएको छ, वन सम्बद्र्धन कार्यका लागि सिप र क्षमता विकासका कार्यक्रमहरु संचालन हुदै छन, हरेक साल हुने वन डढेलोको प्रकोप र बढदो मानव वन्यजन्तुका द्धन्द घटाउने दिशामा अग्रसर हुदै छ, समग्रमा भन्नुपर्दा वन, वातावरण तथा जैविकविविधता संरक्षणका लागि सरोकारवालाहरुको चासो बढाउन थालिएको छ र सरोकारवालाहरुको सक्रियता बढाउन थालिएको छ, जन चेतना बढन थालेको छ ।
समृद्धिका लागि वन परियोजना मार्फत वन उपभोक्ता समुहहरुको क्षमता अभिबृद्धि, सामुदायिक, निजी, साझेदारी तथा सार्वजनिक वनको विकासका लागि पहल गरीदै छ । मुख्यतय वन तथा वातावरणका कार्यक्षेत्रहरुमा पेशागत स्वास्थ्य तथा सुरक्षा, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, वन पेशाकर्मीको दुर्घटना बिमा, वन्यजन्तुबाट जोगिने उपायको अवलम्वन बिधी÷प्रविधिको विकास, डढेलो नियन्त्रणका विधी÷उपकरण र आय आर्जनका क्षेत्र विकासका कार्यक्रमहरु संचालन गर्ने तर्फ अग्रसर हुदै छ भन्नुहुन्छ । गत आर्थिक बर्ष २०८०÷०८१ मा समृद्धिका लागि वन परियोजनाबाट वन, वातावरण तथा जैविक विविधता क्षेत्रमा विभिन्न संरक्षण र विकासमुखि कार्यक्रमहरु संचालन भएको बताउदै लुम्विनी प्रदेश भित्रका सवै (१४) डिभिजन वन कार्यालयहरु, मातहातका निकायहरु, सामुदायिक तथा साझेदारी वन समुहहरु र कार्यक्रम क्षेत्रका पालिकाहरुमा वन, वातावरण र जलवायु परिवर्तन सम्बन्धि क्षमता अभिबृद्धि कार्यक्रम संचालन भएका, सबै क्रियाकलापका लागि सामाजिक तथा वातावरणीय व्यवस्थापन योजना निर्माण, पेशागत स्वास्थ्य तथा सुरक्षाका मापदण्ड निर्माण, वन पेशाकर्मीको दुर्घटना बिमा दयित्वको ज्ञान, वन्यजन्तुबाट हुनसक्ने आक्रमण तथा जोखिम न्युनिकरण उपायहरुको वारेमा ज्ञान, डढेलो नियन्त्रणका विधी÷उपकरणवारेका ज्ञान सहित विभिन्न आय आर्जनका क्षेत्र विकासका कार्यक्रमहरु संचालन गरिएको बताउनुहुन्छ ।








