चुलिदै जलवायु सकट : झन झन तात्दै पृथ्वी : जलवायु उत्कर्ष बिन्दुको संघारमा
लाेकबन्धु घिमिरे१ हप्ता अगाडि
कोप–३०: जलवायु कार्य सम्पादनलाई तीब्रता देऊ
यतिबेला संसारका प्राय सबैदेशहरु कोप–३० को लागि ब्राजिलमा जम्मा भएका छन् । हरेक वर्ष हुने यस्तो जलवायु कुम्भमेलामा तात्दै गएको पृथ्वी चिसो कसरी बनाउने भन्नेमा नै बहस गर्दैछन् । १८औं शदीमा औद्योगिककाल प्रारम्भ भएयता वायुमण्डलमा लगातार बढिरहेको हरितगृह ग्याँस (खासमा कार्बनडाइअक्साइड) को मात्रा कसरी घटाउने र सन् २०५० सम्ममा वैश्विक नेट जिरो उत्र्सजन कायम केगरी गर्ने ? भन्दै जलवायु कार्यसम्पादनको तीब्रतामा पनि छलफल केन्द्रित बनाएकाछन् । यतिबेला बायुमण्डलमा कार्बन ४२५ पिपिएमस्तरमा छ । पृथ्वी चिसो पार्न यो उत्र्सजन आधा घटनु पर्छ । यो कार्बन घटोत्तरीको जिम्मा धनी र औद्योगिक देशहरुको हो । यही कार्बन बढदा बैश्विक तापमान लगातार बढदैछ । यसरी बढने तापमान १.५ डिग्री माथि जान नदिने प्रयासहरु नै पेरिस सहमतिपत्र–२०१५ मा रहेको छ । यसका लागि त्यसमा विकसित देशका जिम्मेबारीहरु तोकिएका छन् जस्तैः जलवायु न्याय र हरित बित्त उपलब्ध गराउने अनि गरीब देशहरुलाई पुग्दो न्यूनीकरण र अनुकूलन धनराशीसहित प्रविधी पनि सहयोग गर्ने ।
तर उल्टो धनी देशहरबाट नत कार्बन उत्सर्जन घटयो नत प्रभाबकारी जलबायु कार्यसम्पादन भयो । यही प्रसंगमा भर्खरै हेगस्थित अन्तराष्ट्रिय न्यायालय (आइसिजे) ले जलबायु परिबर्तन मानवसृजित त्रासदी भएको र यो रोक्ने दायित्व पनि ती उत्सर्जक धनी देशहरु उपर नै रहेको भन्ने फैसला दिएको छ । अन्यथा हरितगृह ग्यास उत्र्सजक देशहरु कानुनी कारबाहीको दायराभित्र आउछन् पनि भनेको छ । यो फैसलामा जलवायु परिबर्तन रोकथाम महासन्धी (प्रोटोकल) मध्ये पेरिस सहमतिपत्र–२०१५ को पूर्ण कार्यान्वयन गरी कार्बन उत्सर्जन उल्लेख्य घटाउन र नेट जिरो अबस्था ल्याउन सबै राज्यहरुलाई आदेश पनि दिइएको छ ।
फेरि ठीक यतिबेला हामी सन् २०२५ को अन्त्यरेखामा पनि आइ पुग्यौं । यस वर्षले प्रारम्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाएपनि उनी वातावरण संरक्षणप्रति सकारात्मक छैनन् । उनले बैश्विक जलवायु कार्यसम्पादनको मूलसन्धी पेरिस अभिसन्धी पालनाको अटेरी गर्दै यसबाट अमेरिकालाई अलग गरे, कोप३० मा पनि गएनन् । अझै फोसिल ऊर्जा उत्खनन बढाउने रे अमेरिकाले । यो उल्टो बुद्यि हो जो घातक छ । यसरी नै यसका आसपासका बिगत वर्षहरु राजनीतिक–पर्यावरणीय हिसाबले पनि फलदायी बनेनन् । यसै वरपर युक्रेन युद्द र इरान यूद्य हूनुका संगै तापमान, हिटवेभ, हिमनदी बिष्फोट, जंगल आगलागी, बाढीपैरो जस्ता जलवायु विनासलिला र चरम पर्यावरणीय परिघटनाहरु बढे ।
अहिलेसम्म भएका यस्ता कमजोर बैश्विक जलबायु कार्यसम्पादनका कारण यो बेलेम कोप–३० बैठकले पनि तापमान १.५ डिग्री त परको कुरा यो २ डिग्रीसम्म पनि स्थिर गर्न सकिदैन कि भनी ठुलो चिन्ता लिएको छ । किनकि सन् २०२३, २०२४, २०२५ मा लगातार तापमान १.५ डिग्री पार भएको अबस्था छ । यसले पृथ्वी जलवायु टिपिङ विन्दुको संघारमा छ भनी झनै त्रासदी देखाएको छ । यस्लाई कसरी घटाउने भन्ने नै हो खास छलफल त्यहाँ भैरहेको ।
यो अबस्था क्लाइमेट टिपिङ (उत्कर्ष) पोइन्ट हो जो पोइन्ट भनेको पेरिस अभिसन्धीले अर्को शदीसम्म अर्थात अझै ७५ वर्षपछिको परिकल्पित लक्ष्य राखेको थियो तर बिडम्बना यस्तो उत्कर्ष बिन्दु यति चाडै देखियो पो छ त । यसैले गर्दा आजभोली पृथ्वीभरी जताततै यही जलवायु उत्कर्ष विनासलिलाका प्रारम्भिक लक्षण फष्टाउदैछन् किनकि यतिबेला तातोपन बृद्यिले संंसार जल्दै जाने रफ्तार बढदैछ । यतिबेला क्यालिर्फाेनिया जल्यो, अमेजन जल्दैछ, क्यानडा र अष्ट्रेलियाका लाखौं हेक्टर जंगल जल्दैछन, ग्रीस, स्पेन र पोर्तुगलमा पनि भयानक जंगल आगलागी भैरहेछ । यूरोपमा ४५ डिग्री तापमान देखियो, तापलहर–हिटबेभ अधिक हुदैछन्, आर्कटिक–हिमालय छिटोछिटो पग्लिरहेछन, समुद्रतह बढदैछ, उग्रबिनासक बाढीपैरो–चक्रबात देखिदैछन, भानआतु र टभालु जस्ता टापू मूलकहरु डूब्नेतिर जादैछन् र सबैतिर भयाबह उत्कर्ष–पर्याबरणीय तबाही गहिरिदै गएकोछ ।
यो क्लाइमेट टिपिङ अबस्थाको शुरुआत हो सन् २०२५ मा देखिएको । यदि कार्बन उत्सजर्नन घटाउदै यो उत्कर्ष विन्दु तल झारिएन भने आउदा वर्षमा पृथ्वी झन तातेर अझै पर्यावरणीय बेहालमा फस्छ । आउनुहोस यसै टिपिगं बिन्दू बारे जलवायु बैज्ञानिकहरुका अध्ययन र शोधअनुसन्धानले के भन्छन भन्नेमा ससानो छलफल गरौं ।
बिग्रदैछ क्लाइमेट सिष्टम ः २०२५ पछि भयानक हुने
बिगत ४.६० बिलियन वर्षको इभोलूसनरी प्रोसेसले इकोसिष्टमलाई सन्तुलनमा ल्याएसंगै पृथ्वीमा होमो सेपियन्स (बुद्यिमान मानव) को प्रभुत्वमय जीवन संभव भएको हो । मानवजाति लगायत समग्र जीवजन्तु, वनस्पति र चराचरहरुको संरचनाबाटै अर्थ सिष्टम सन्चालित भएको छ जसभित्र बहुपक्षीय तर आधारभूत रुपमा भौतिक, रसायिनिक, जैबिक पदार्थहरुका वीच चक्र्रीय अन्तरकृया भइनै रहन्छ ।
बैज्ञानिकहरुका अनुसार अर्थ सिष्टम प्रमुख पाँचवटा अन्तरकृयात्मक मण्डलीय (स्फेरिक) इलेमेन्टबाट सन्चालित छ, जस्माः– (क) वायुमण्डल (एटमस्फेयर र बिभिन्न ग्याँस) (ख) लिथोस्फेयर (पृथ्वीको परत, भूमि, माटो–ढुगां) (ग) बायोस्फेयर (पृथ्वीका रुख, प्राणी र जीवीत बस्तु) (घ) हाइड्रोस्फेयर (पानी–जलमण्डल) (ङ) क्राइयोस्फेयर (हिउ र पर्माफ्रष्ट) पर्छन् । यीनै मण्डलीय तत्वहरुका वीच निरन्तर अन्तरकृया हुँदा सौर्य प्रकाशबाट पृथ्वीमा आएको इनर्जी ल्फक्स एवं रेडिएसनबाट उत्पन्न वल वा ताप (एक्स्टर्नल फोर्सिङ)को रेगुलेसन हुनेगरी जलबायु प्रणाली बिकसित भएको देखिन्छ ।जलबायु प्रणाली पनि लामो समयाबधिका मौसमी परिचालकसंग तादम्यता भई स्वचालित रहन्छ । यतिबेला सौर्य मण्डलबाट प्राप्त तापमानको संग्रहण पृथ्वीमा ह्वात्तै बढेर गएकाले यस्ता मौसमी परिचालक र नियमित रुपले चलिरहेको जलवायु प्रणाली असुंतलन हुनेगरी बिग्रने दिशातिर गएको देखिदैछ ।
दुईसय वर्ष अघिको औद्योगिक क्रान्तिबाट पृथ्वीमा मानव जातिले उच्च बिकासको रफ्तार त लियो तर सोसंगै तापमान बृद्दि गर्ने हरितगृह ग्याँसको अधिक उत्सर्जन गर्दा ग्लोबल वार्मिगं प्रभावले तापमान निरन्तर बढदै गयो । तापमान बढाउन हरितगृह ग्याँस जिम्मेवार छन् भने प्रमुख जिम्मेबार मध्ये कार्बनडाइअक्साइड, मिथेन र नाइट्रसअक्साइडलाई मानिएको छ ।आइपिसिसी एआरसिक्स रिर्पोट–२०२३ अनुसार यतिबेला वायुमण्डलमा कार्बनडाइअक्साइड ४१० पिपिएम, मिथेन १८६६ पिबिएम र नाइट्रस अक्साइड ३३२ पिबिएमस्तरमा रहेको छ भनेको छ । सोही प्रतिबेदनले पृथ्वीमा सतही तापमान एक दशकमै १.१ डिग्री सेल्सियसले बढेको भनेको छ । यस्तै अरु अध्ययनहरुले १.३० र १.५० डिग्री बढेकोछ भन्छन् । यसको मतलब हो यी क्लाइमेट भेरियबल्सको मान लगातार बढदोछ र जलबायु पद्यति निरन्तर बिग्रीदैछ ।
यो तापमान बढिरहेको अवस्था बिगत एकलाख वर्षयताको उच्च हो र यो बिशुद्य मानवीय उत्र्सजनका कारण नै भएको हो । यसमा सबैभन्दा चिन्ताजन्य अबस्था भनेको कार्बनडाइअक्साइडको मात्रा अधिकतर बढनु हो जस्ले ग्लोबल वार्मिगंलाई अकल्पनीय ढंगले तीब्रता दिदै पृथ्वी छिटोछिटो तात्दैछ र बोइलिगं इराको यात्रामा बढदैछ । गत वर्ष सन् २०२४ को मई महिना पृथ्वीमा पचहत्तर वर्षयताको सबैभन्दा तातो महिना रहेको सी३ (कोपर्निकस–३) ले देखायो ।
यो तापमान १.६३ डिग्रीको उच्च स्थितिमा रहेको तस्बीरमा देखिएको पनि छ । यस्तै तथ्य सन् २०२५ मार्च र जुलाई महिनाले समेत देखाएको छ जहाँ अधिक गर्मी रेर्कड भएको छ । अबका बर्ष पनि यस्तो निरन्तरता होला कायमै पो रहने होकि भन्ने भय सर्बत्र छ ।
(हेर्नुस लामो अबधिमा गत मार्चको तापमान, १.५ डिसे माथि लगातार बढिरहेको चित्रः कोपर्निकस–३५)

१.५ डिग्री ः कृटिकल टिपिङ पोइन्ट
संयुक्त राष्ट्रसंघले सन् १९९२ मा गरेको रियो कन्भेसनमा अबको शताब्दीमा मूलत तीनवटा पर्यावरणीय समस्या आउने देखिदा सो हल गर्न तीनैवटा महासन्धी गरेको थियो ।जस्मा जैबिकबिबिधता, जलवायु र प्रतिमरुभूमीकरण महासन्धी रहेका छन् । यी मध्ये पृथ्वीको सबैभन्दा जटील र डरलाग्दो समस्या जलवायु परिबर्तनलाई मानिएको छ जस्ले तापमान र चरम मौसमी गतिबिधि बढाई सबैतिर गंभीर नोक्सानी मात्रै गरेकोछ ।
भिषण बाढीपैरो, भयानक चक्रवातहरु, लामो खडेरी, समुद्र सतह बृद्यि र टापू डुवान एवं जंगली डढेलोजस्ता घटनाहरु बढीरहेकोछ । यसरी बढदै गएको तापमानलाई जसरी पनि १.५ डिग्री माथि (औद्योगिक युग अघिको दाजोमा) जान नदिन पेरिस सहमति–२०१५ जारी भएको हो जस्मा धनी र बिकसित देशहरुले उल्लेख्य मात्रामा कार्बन उत्र्सजन घटाउदै सन् २०५० सम्म नेटजिरो (कार्बन सिंक एण्ड सोर्स बराबरी गर्ने) आर्थिक प्रणाली अपनाउने र जिवाश्मा ऊर्जा (डिजेल, तेल, कोइला) फेजआउट गरी डिकार्बनाइज गर्ने शर्त छन् । धनी देशहरुले गरीब देशहरुलाई यथेष्ठ हरित बित्त दिने बचनबद्यता पनि यसैमा छ ।
पेरिस सहमतिको यो १.५ डिग्री सीमारेखा समग्र जीवन–जगतको अस्तित्व रक्षाका लागि कोरिएको सुरक्षा कवच थ्रेसहोल्ड हो, अर्थात यो टिपिगं बिन्दु एक हरियो लक्ष्मणरेखा पनि हो यसलाई उल्लंघन गर्नु हुदैन भनिएको हो । यति गर्नसके मात्रै पृथ्वी र समस्त इकोसिष्टम जोगाउन सकिन्छ अन्यथा आउदो शदी त के छिट्टै पाँचसात वर्षमै तापमान १.५ डिग्री टिपिगं पोइन्ट लगातार कटनासाथ अर्थ सिष्टमका उक्त पाँचवटा मण्डलहरुको स्थिरतामा बिचलनसहित दीर्घकालीन बिघटनको स्थिति देखा पर्छ । यसलाई क्रिटिकल क्लाइमेट टिपिगं स्टेज समेत भनिएको छ । यो स्थिती कट्यो भने त्यसपछि अपनाइने जलबायु न्युनीकरणका जुनै उपायले पनि सामान्य अबस्थामा जलबायु प्रणाली फर्काउन सकिन्न, यो इर्रिभरसिबल प्रकृतिको भइजान्छ र उसले प्रणाली नै भयाबह बनाएर असमान्य नोक्सानीतिर यी इकोसिष्टमलाई तान्छ ।
यसैले राष्ट्रसंघका महासचिव एन्टिनियो गुट्रेसले अहिल्यैबाट उच्च मात्राको कार्बन कटौती गरी तापमानलाई १.५ डिग्री सेल्सियसभित्र स्थीरीकरण गर्न भनेको भन्यै हुनहुन्छ । ब्राजिल कोप–३० पनि यसैमा केन्द्रित छ । कार्बनडाइअक्साइडको मात्रा कमसेकम हालको आधा (अर्थात वार्षिक २० बिलीयन टन भन्दाकम र पिपिएमस्तर ३५० तल) उत्र्सजन तहमा ओराल्नसके हामी सुरक्षित परिधिमा हुने थिया,ैं अन्यथा डर छ । त्यसैले सन् २०२५ देखि २०३० हुदै २०३५ भित्र क्रमशः ४३% र ६५% का दरले हालको कार्बन उत्र्सजन परिमाणलाई कटौती गर्न सक्नु पर्छ अन्यथा १.५ डिग्री क्लाइमेट टिपिगं पोइन्ट स्थायी रुपमा नै क्रस हुन्छ । यसैले सन् २०२५ मा यतिबेला हामी कृटिकल टिपिगं बिन्दुको संघारमा आएका छौं भनिएको हो । स्वीडेनस्थित स्टकहोम रेजिलेन्स सेन्टर र पोष्टडाम इन्ष्टिच्युट फर क्लाइमेट इम्पेक्ट रिर्सच सेन्टर जर्मनीका विद्वत वैज्ञानिकहरु डा. डेभिड ए. मेक्वे र डा. जोहन रकस्ट्रम समेतको ४० जनाको टोलीले बढदै गएको तापमान स्थिर गर्न बिलम्ब गरिएकोप्रति चिन्ता लिएका छन् र यदि तापमान यसरी नै केही वर्ष लगातार टिपिङ बिन्दु १.५ डिग्री कटेमा पृथ्वीका बिभिन्न क्लाइमेट टिपिगं इलिमेण्ट तथा इकोसिष्टम प्रणालीहरुमा कस्तो प्रभाव उत्पन्न होला ? सो कतिनोक्सानदायी रहला ? भन्ने समेटिएको प्रतिबेदन सेप्टेम्बर, २०२२ को साइन्स डट ओआरजीमा निकै पहिलै चेताबनी दिदै प्रकाशित पनि गरेका थिए, जो यर्थाथता नजिकै गएकाले यस्ले फेरी सबैको चिन्ता बढाइदिएको छ । यस अध्ययनले उक्त १.५ डिग्रीमा केन्द्रित भई २ डिग्री तल ,२–४ डिग्री बीच र ४ डिग्री माथि तापमान गएमा के के प्रतिकुलता टिपिङ विन्दु प्रभाबले ल्याउछ भनेर परिदृश्यका रुपमा गरेको प्रक्षेपण बारे जानौं ।
ग्लोबल क्लाइमेट इलेमेण्ट बारे जानौं
पृथ्वीका विभिन्न मण्डलहरुको सम्बन्ध तथा अन्तरकृयाबाट बिकसित भएका क्लाइमेट सिष्टमलाई कोर ग्लोबल र रिजनल (क्षेत्रीय) प्रभावका आधारमा बर्गान्तर गरी यो प्रतिबेदनमा समेटीएको छ । खासगरी आइपीसिसिबाट अपनाइएको सिएमआइपी–५ मोडल तथा एआरसिक्स रिर्पोट तयार गर्दा लिइएका मौसमी चरलाई बर्गीकरण गरी उक्त दुइ समूह बनाइएको छ ।
यसमा बर्तमान मौसमी परिघटना अबलोकन र पेलियो–क्लाइमेटिक डाटाहरु समेत प्रयोग भएको छ । कोर ग्लोबल इलेमेण्ट जस्ले समग्र बैश्विक जलबायु र मौसमी पद्यतिहरु निर्धारण गरेका छन्, यी कोर इलिमेण्टहरु टाढा रहेपनि एकआपसमा अन्तरकृयात्मक छन र यीनले पृथ्वीको तापमान वर्षा, हावा, वायु जस्ता चरलाई गतिशील संतुलनको लेभलमा राखेका छन् । यसमा नौवटा कोर ग्लोबल इलिमेण्टहरु पहिचान भएका छन् । जसमा (१) ग्रीनल्याण्ड र आर्कटिक आइस सिट (२) अन्टार्कटिका आइस सिटः यसमा पूर्व, मध्य र पश्चिम आइससिट समेत छन् (३) अमेजन रेनफरेष्ट (४) बोरल पर्माफ्रष्ट (५) आन्ध्र महासागरको एमोक र्सकुलेसन (६) ओसनिक ग्लोबल रिफ (समुद्री चट्टानी भित्ता) (७) एलनिनो दक्षिणी बिक्षेप (८) सहारा–सहेल अफ्रिकी मनसुन (९) इण्डियन मनसुन । उसरी क्षेत्रीय क्लाइमेट निर्धारक इलिमेण्टमाः (१) बोरल फरेष्ट र (२) माउण्टेन ग्लेसियर इलेमेण्ट छन् जस्मा थप उपबर्गहरु पाँचवटाभन्दा बढी छन् ।
बोरल फरेष्टमा एल्पाइन, टुण्ड्रा, टाइगा, साइबेरियन जस्ता बिशाल जंगलक्षेत्र पर्छन भने उच्च पहाडी हिमनदीहरु क्यानडा, अमेरिका, यूरोप, नेपाल–हिमालय, ककेसश, लेटिनामा पनि छन् जो क्षेत्रीय जलबायु प्रणालीका प्रभाबशाली निर्धारक पद्यति हुन् । यदि ग्लोबल तापमान लगातार १.५ डिग्री र २ डिग्री वा अझ ४ डिग्रीभन्दा माथि गएका खण्डमा यी बैश्विक हाबापानी निर्धारक पद्यतिहरुमा के कस्तो बिघटनजन्य स्थिती आउला र यीनको क्षति तथा गंम्भीरता कस्तो रहला ? भन्ने प्रक्षेपण नै यसमा समेटेको छ ।
इकोसिष्टमहरुको बिघटन प्रारम्भ
उल्लेखित इकोसिष्टम इलेमेण्टहरु यति संबेदशील हुन्छन कि थोरै अंशमा तापमान बढ्दा अर्थात ०.८०–१ डिग्रीसे माथि जादैगर्दा नै त्यहाँ प्रतिकूल प्रभाबको सृजना शुरुआत हुन्छ र यस्तो असरबाट उत्पन्न एक इलेमेण्टको धक्का अर्कोलाई पनि लाग्छ । पेलिओेक्लाइमेट तथा मौसम इतिहासका डाटाहरु हेर्दा एक दशकमा तापमान ०.१ डिग्रीसे बढदा (अर्थात सयवर्षमा १ डिग्रीसम्मको बृद्दि) आउने झट्कालाई उक्त प्रणालीले सहनशील गर्न सकेको, यस झड्कालाई सोप्रणालीले समाहित गरी पुनर्ःसंतुलन ल्याई इकोलाजीमा त्यति खलबल नभएको, यस्तो रेजिलेन्स केपासिटी अधिकतम १.५ डिग्रीसम्म जान सक्ने कतै कतै २ डिग्री सम्म फर्केर आउने संभावना रहेपनि सोभन्दा माथिको तापमानले भने क्लाइमेट प्रणाली र इकोसिष्टममा गंभीर खलबलाहट गर्नेगरी बायोटिक संरचनामा परिबर्तन ल्याएको पाइएको छ । जस्लाई इर्रिभसिभल डेमेज अन सिष्टम (अपुरणीय क्षति र प्रणाली बिघटन) पनि भनिन्छ । यसैले हो आइपीसिसीले पृथ्वीको तापमान भरसक १.५ भित्रै र बढीमा २ डिग्रीमा स्थिरीकरण गर्न खोजेको, अपूरणीय तवरमा इकोसिष्टम प्रणाली नोक्सानी नहोस भनेर आग्रह गरेको ।
यस अध्ययनले उक्त नौवटा कोर र दुइवटा क्षेत्रीय जलवायु प्रणालीमा १.५ – २ डिग्री थ्रेसहोल्ड नाध्नासाथ पर्नसक्ने संभाबित असरलाई इर्रिभरसिबल (फर्किन नसक्ने) लगायत अन्य पाँचवटा क्राइटेरियामा आँकलन गरेको छ । जस्मा जलवायु प्रणाली बिघटनको फैलाबट क्षेत्र (कम्तिमा १०० वर्ग कि.मी.), बिघटन शुरु हुने समय (वर्ष वा दशक) र बिघटनले कति जनसंख्यामा प्रभाबमा पार्छ र तीनीहरु बासस्थान छोडन बाध्य होलान र कति मिलियन पिपुल डिस्प्लेस होलान भन्ने जस्ता परिमाणको संभावित नतिजा नापपैमाइस गरेकोछ ।
उल्लेखित इलेमेण्टमा पहिलो प्रभाव पर्ने क्षेत्र हो क्राइयोस्फेर र हाइड्रोस्फेर प्रणालीमा असर । अब ग्रीनल्याण्ड, बेरेन्ट र आर्कटिक–अन्र्टाकटिक आइस सिटहरु कोल्याप्समा जान सक्छन् जो ०.८० डिग्री बढनासाथै पग्लिन शुरु गरेका र यतिबेला तीनीहरुको पग्लिने दरमा बढोत्तरी आएको छ । यसले एमोक (एटलान्टिक ओभर्टन सर्कुलेसन) र गल्फ स्ट्रीमलाई ब्रेकडाउन
गराउछ । फलस्वरुप भू–मध्य क्षेत्रको हिट (ताप) पोलार रिजनतर्फ प्रसारणको गति कमजोर गराउछ जस्ले अमेरिका, यूरोप र आर्कटिक क्षेत्रमा भयाबह नकारात्मक फिडब्याकको अबस्था ल्याउछ ।
ग्रीनल्याण्ड हिउ पग्लिदा समुद्रतह एकमिटर भन्दा माथि बढन सक्छ यस्ले करोडौं जनसंख्यालाई बिस्थापन गर्छ । यसरी नै दोस्रो प्रभाब पर्ने क्षेत्र बायोस्फेयर हो जस्मा अमेजन रेनफरेष्ट डाइब्याक हुने, मर्ने, रिजनेसन नहुने, खडेरीले सूक्ने, भयाबह वनडढेलो लाग्ने जस्ता कृयाकलाप १.५ डिग्री आरपारमा तत्कालै बढदै जान्छ जो इर्रिभर्रसिबल क्षतिका रुपमा आउछ र अमेजन पुर्नस्थापना गर्न सकिन्न । यसैगरी १.५ डिग्री कटेपछि धेरै पेसिफिक कोरल रिफ असंतुलन हुन्छन्, केमिकल ब्लिचिङले सामुद्रिक पानीमा एसिडिटी बढछ फलतः जलचर, डल्फिन, गंगटा, व्हेलमाछाहरु मास बिलोपनमा जान्छन् ।
इन्डोमलेसियन र फिलिपिनी रिफमा सी विड, घाँस र फाइटो प्लांन्कटन तत्काल बिनास हुन्छ । अनि माउण्टेन ग्लेसियरको पग्लिने दरमा यहिबेला तीब्रता आउछ । आल्पस, रकी, एन्डीज जस्ता उच्च पहाडको हिऊ सिद्दिन्छ र सबै हिमनदीहरुसगै एसियामा हाम्रो हिमालय पनि हराउछ, नेपालका हिउ चुचुरा समेत रहन्नन् । सार्क क्षेत्रमा पानीको महासंकट देखापर्छ, हिमताल र नदीहरु सुक्दै जान्छन् । यहाँ मनुसन प्रणाली पनि एक्सट्रीम÷चरम–अस्थिर बन्दै जान्छ जस्ले लस एण्ड डेमेज बढाउछ । उक्त रिर्पोटले यस्ताखाले चरम नोक्सानीहरु सन् २०२५ बाट शुरु हुदैगई सन् ५० पछि त भयाबह एक्सीलरेट हुनेछन् भनेको छ ।
यसरी तापमान २ र ४ डिग्री हुदै माथि माथि सर्दै जाँदा झनै ट्रिगरीगं गर्दै केसकेडिगं इफेक्टहरु (चरणबद्य प्रभाब) बढी सृजना गर्छ जस्ले सहेल जंगल, बोरल फरेष्ट, टेम्परेट फरेष्ट र अन्य वनस्पति, रुखबिरुवा तथा जीवजन्तु समेत रहेको बायोस्फेर ध्वस्त बनाउदै बिद्यमान जलबायु प्रणाली समग्र बिघटनतिर सोझिन्छ र पृथ्वीमा सबैको अस्तित्व नामेट हुनेगरी प्रलयंकारी बिनासहरु अगाडी बढछन् भनिएकोछ । (माथिको ग्लोबल मानचित्रमा यी प्रभाबहरु हेर्नुहोस्) ।
जलवायु प्रलयबाट बचौं
यसर्थ आउनुहोस सन् २०२५–३५ भित्रैमा कसैगरी भारी मात्रामा कार्बन उत्र्सजन कटौती शुरुआत गरौं, कार्बन घटाउन धनी देशहरुलाई ठूलो दबाब दिऔं, अमेरिकालाई तत्काल पेरिस सहमतिमा फर्कन भनौं, स्वच्छ हरित ऊर्जा अपनाऔं, सन् २०५० भित्रको टाइमलाइनमा नेटजिरो र फोसिल इन्धन अन्त्यको कार्यान्वयनमा जाऔं अनि बढदै गएको तापमानलाई यस शदीमा क्लाइमेट टिपिगं पोइन्ट (१.५ डिग्री) संघार स्थायी रुपले पार हुन नदिन आजैबाट तल ओराल्ने गरी प्रतिबद्य होऔं । यसरी नै उक्त नौवटा जलवायु तथा पारिस्थिकीय प्रणाली बचाऔं । जलवायु उत्कर्ष बिन्दु तलै रोकौं, जंगल डढेलो रोकौ, खडेरी रोकौं, नदीनाला र हिम क्षेत्र जोगाओैं, यति गर्दा मात्रै मानवजातिको अस्तित्व रक्षा संभव छ । अन्यथा पृथ्वी बिनास बाहेक अरु बिकल्पहरु देखिन्नन् ।
यसैले जसरी हुन्छ सन् २०२५ लाई क्लाइमेट माइलस्टोन वर्ष बनाऔं । ब्राजिल कोप–३० मा हाम्रा जलवायु न्यायका मुद्याहरु, अर्थतन्त्र नोक्सानीको क्षतिपुरणका लागि हरित बित्तका ब्यवस्थासहित ट्रान्जिसन अवे फ्रम फोसिललाई पनि जोडदार कार्यान्वयन गर्न आबाज उठाऔं, सबै मूलुकहरुलाई उच्चतहको एनडिसी–३ बनाउन अपील गरौं । हिमताल बिष्फोट जस्ता नेपालले भोगिरहेको समस्याहरु सगरमाथा सम्बाद र भर्खरै सम्पन्न हिन्दकुस हिमालय पार्लियामेण्ट सम्बादमा पनि जोडदार भएर उठेको थियो । यो पनि स्मरण गराऔं ।
नेपालमा संभावित जलबायु टिपिङ पोइन्ट समस्याबाट हिमनदी, हिमताल र अन्य माउण्टेन ग्लेसियरको तीब्र पिघलनसंग सिघै जोडिदै हिमाली–पर्याबरणीय प्रणाली बिघटनतिर जाने भएकाले सोको रोकथामप्रति गम्भीर भई लागौं र हाम्रो जलवायु आबाज निरन्तर जोडदार बनाऔं पनि । नेपाल र समग्र हिमालयको यो आवाजलाई ब्राजिल कोप–३० मा पुग्नेगरी र सबैले सुन्नेगरी प्रभाबकारी संबाहन गरौं ।
(लेखक जलवायु न्याय, पर्यावरणीय चेतना र अन्य समसामयिक विषयमा कलम चलाउनु हुन्छ )








