दिल्लीमा लालकिलासँगै कारमा भीषण विस्फोट, ८जनाको मृत्यु,

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of दिल्लीमा लालकिलासँगै कारमा भीषण विस्फोट, ८जनाको मृत्यु,

 

दिल्लीमा लालकिलासँगै कारमा भीषण विस्फोट,  ८जनाको मृत्यु, 

मृत्यु हुनेको संख्या बढ्न सक्ने

नयाँ दिल्ली, कात्तिक २४ (नोभेम्बर १०) — भारतको राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक लालकिलाको छेउमा सोमबार साँझ भएको भीषण कार विस्फोटमा ८जनाको मृत्यु भएको छ भने घाइते  निकै भएका छन्।

घटना बेलुका करिब ६:५० बजे लालकिला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्क गरिएको इको भ्यानमा विस्फोट भएपछि वरिपरि रहेका अन्य सवारी साधनमा समेत आगलागी भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

 

विस्फोटपछि वरिपरिका तीन–चार वटा गाडीमा आगो सल्किएको थियो। तत्कालै अग्नि नियन्त्रण विभागका सात वटा दमकल गाडी घटनास्थलमा पुगेका थिए। घटनास्थललाई तत्कालै घेराबन्दी गर्दै दिल्ली प्रहरी, एनएसजी (नेशनल सेक्युरिटी गार्ड) र एनआईए (नेशनल इन्भेस्टिगेसन एजेन्सी) का टोलीहरू अनुसन्धानका लागि परिचालन गरिएको छ।

🚨 उच्च सतर्कता

घटनापछि दिल्लीभर हाई अलर्ट जारी गरिएको छ। प्रमुख सार्वजनिक स्थल, मेट्रो स्टेशन र सरकारी भवनमा सुरक्षा कडाइ गरिएको छ।

 

 

🕵️ अनुसन्धान सुरु

दिल्ली प्रहरीका विशेष शाखाले प्रारम्भिक रूपमा यो विस्फोट दुर्घटनात्मक हो वा योजनाबद्ध (ब्लास्ट) भन्ने दुवै कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ।

फरेन्सिक टोलीले घटनास्थलबाट कारका भाग र धातुका टुक्रा संकलन गरी परीक्षणका लागि पठाएको छ।

👥 प्रत्यक्षदर्शीहरूको अनुसार धमाका निकै तीव्र थियो र आवाज लालकिलाभित्रसम्म पुगेको थियो। आसपासका पसलहरू बन्द गरिएका छन् र सडकमा यातायात रोकिएको छ।

 

 

🇮🇳 दिल्लीका मुख्यमन्त्रीले घटनाप्रति दु:ख प्रकट गर्दै दोषीहरूलाई कडा कारबाही गरिने बताएका छन्। भारतको गृहमन्त्रालयले पनि सम्पूर्ण सुरक्षासंस्थालाई सतर्क रहन निर्देशन दिएको छ।

📍मुख्य बुँदाहरू संक्षेपमा:

 

  • लालकिला नजिक इको भ्यानमा बिसपोट
  • आसपासका गाडीमा आगलागी
  • दिल्लीमा उच्च सतर्कता जारी
  • एनएसजी र एनआईए अनुसन्धानमा

 


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com