भारी वर्षाबाट कृषि र पशुपालनमा तीन अर्ब ५५ करोडको क्षति

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of भारी वर्षाबाट कृषि र पशुपालनमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको लगातारको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा करिब तीन अर्ब ५५ करोड रुपैयाँको क्षति भएको जनाएको छ।

मन्त्रालयका अनुसार वर्षाका कारण कृषि बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजनमा ठूलो क्षति पुगेको छ। मन्त्रालय मातहतका सबै प्रदेशस्तरीय कृषि कार्यालयहरूले स्थानीय तहको समन्वयमा क्षतिको विवरण सङ्कलन गरी मन्त्रालयमा पठाएका थिए।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार सङ्कलित तथ्याङ्कका आधारमा बाढी र वर्षाबाट प्रभावित किसानहरूलाई सहयोग, राहत, बिमाको सहजीकरण र पुनःउत्पादनका कार्यक्रमहरू सञ्चालन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिएको छ।

 

जोशीका अनुसार खेतमा काटेर राखिएको धान पानीले भिजेर कुहिएको छ, जसले गर्दा आगामी मौसमी उत्पादनमा पनि उल्लेख्य कमी आउने अनुमान गरिएको छ। उनले भने,काटेकोधानउठाउननपाउँदाकिसानहरूठूलोआर्थिकसंकटमापरेकाछन्।त्यसैलेप्रभावितकिसानलाईआवश्यकताअनुसारसहयोगसुविधाउपलब्धगराइनेछ।

मन्त्रालयले मल, बीउबिजन, प्रविधि र प्राविधिक सीपका क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको भए पनि हाल पर्याप्त बजेट नहुँदाविपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट राहत वितरणगरिने बताइएको छ।यस्तै, मन्त्रालयले आगामी दिनमाजोखिम न्यूनीकरण र सतर्कता योजनाको विस्तृत अध्ययन र अनुसन्धान गरी दीर्घकालीन नीति निर्माणगर्ने तयारीसमेत गरेको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com