स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव माग : पाँच वर्षका लागि तीन प्रतिशत ब्याजमा २० लाखसम्म कर्जा

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव माग : पाँच वर्षका लागि तीन प्रतिशत ब्याजमा २० लाखसम्म कर्जा

काठमाडौं ।

स्टार्टअप उद्यम कर्जाका लागिऔद्योगिक व्यवसाय विकास प्रतिष्ठानलेयसै साता परियोजना प्रस्ताव पेस गर्नसार्वजनिक आह्वानगरेको छ।

 

प्रतिष्ठानका कार्यकारी निर्देशकउमेशकुमार गुप्ताका अनुसार छनोटमा परेका उद्यमीहरूलेपाँच वर्षका लागि तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २० लाख रुपैयाँसम्मकर्जा पाउन सक्ने छन्। सफल उद्योगीलाई आउँदोमाघ महिनासम्म कर्जा वितरण गर्ने लक्ष्यरहेको उनले बताए।

 

प्रतिष्ठानले इच्छुक आवेदकहरूलाईसूचना प्रकाशित भएको मितिले २१ दिनभित्रप्रस्ताव पेस गर्न समय दिएको छ।

 

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत रहेको‘स्टार्टअप एन्ड इनोभेशन फोरम’की सभापतिजुना माथेमालेकर्जासँगै लगानीकोदिगोपन र सुरक्षाको पक्षमा राज्यले ध्यान दिनुपर्नेआवश्यकता औंल्याएकी

 

🔹कर्जाका लागि योग्य क्षेत्रहरू

 

प्रतिष्ठानका अनुसार तलका पाँच क्षेत्रअन्तर्गतका१९ प्रकारका उद्यमकर्जाको दायरामा पर्छन्—

1. कृषि, वन तथा उत्पादनमूलक क्षेत्र

2. सूचना प्रविधि तथा डिजिटल क्षेत्र

3. पूर्वाधार तथा यातायात क्षेत्र

4. सामाजिक सेवा तथा पर्यटन क्षेत्र

5. परम्परागत तथा स्थानीय स्रोतमा आधारित

 

🔹कर्जाका लागि योग्यता

 

कार्यकारी निर्देशक गुप्ताका अनुसार स्टार्टअप कर्जा लिनका लागि निम्न मापदण्डहरू पूरा गर्नुपर्नेछ—

प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाउद्योगका रूपमा दर्ता भएको हुनुपर्छ।

• पालिकास्तरमा वडा कार्यालयमा

• जिल्लास्तरमा लघु, घरेलु तथा साना उद्योगमा

• प्रदेशस्तरमा प्रदेश उद्योग निर्देशनालयमा

• सङ्घीयस्तरमा उद्योग विभागमा दर्ता हुनुपर्ने व्यवस्था

• उद्यम दर्ता भएको मितिले१० वर्ष ननाघेकोहुनुपर्छ।

• कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार१५ करोड रुपैयाँ ननाघेकोहुनुपर्छ।

• वस्तु वा सेवा उत्पादनमानवीन सोच, सिर्जनशील प्रविधिप्रयोग गरी उद्यम रूपान्तरणमार्फत उच्च वृद्धिको सम्भावना भएको

🔹आवश्यक कागजातहरू

 

बिनाधितो कर्जा लिनका लागि तलका कागजात आवश्यक छन्—

• उद्योग दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि

• स्थायी लेखा नम्बर (PAN) र अघिल्लो आर्थिक वर्षकोकरचुक्ता प्रमाणपत्र

• अघिल्लो आर्थिक वर्षकोलेखापरीक्षण प्रतिवेदन

• फर्म, कम्पनी वा उद्योगकोअधिकृत प्रतिनिधिको नागरिकताको प्रतिलिपि

• सरकारका कुनै पनि तहबाट पहिल्यैसहुलियतपूर्ण वा स्टार्टअप कर्जा नलिएको स्वघोषणा

 

“आफूले गरिरहेको उद्यममाके नयाँ सोच, ज्ञान वा सीपप्रयोग गरिएको छ भन्नेबारे स्वतःस्फूर्त रूपमा लेखेर पठाउने व्यवस्था गरिएको छ,” कार्यकारी निर्देशक गुप्ताले

🔹अन्य व्यवस्था

एक उद्यमी वा एक घरका सदस्यलेएकभन्दा बढी प्रस्ताव पेस गर्न पाउने छैनन्।

• यो व्यवस्थास्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित)मा उल्लेख गरिएको छ।

• परियोजना प्रस्तावविद्युतीय (अनलाइन)भौतिक माध्यमदुबै तरिकाले पेस गर्न सकिनेछ।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com