रास्वपाको विस्तारित बैठक आजदेखि सौराहमा

Author ImageEcoEcoPolitics२ हप्ता अगाडि
Image of रास्वपाको विस्तारित बैठक आजदेखि सौराहमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आज (शुक्रबार) बिहान ८ बजेदेखि चितवनको सौराहमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका आगामी राजनीतिक दिशा, संगठन विस्तार, र निर्वाचन तयारीबारे महत्वपूर्ण छलफल हुने जनाइएको छ ।बैठकको सभापतित्व कार्यवाहक सभापति डोलप्रसाद अर्यालले गर्नेछन् । बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्र (घोषणापत्र) को मस्यौदा पेस गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।

रास्वपाका केन्द्रीय सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजक, र विभिन्न विभागीय प्रतिनिधिहरू बैठकमा सहभागी हुनेछन् । अधिकांश प्रतिनिधिहरू बिहीबार नै सौराह पुगेका थिए ।पार्टीका अनुसार बैठकमा सरकारप्रति रास्वपाको भूमिकाबारे, स्थानीय तहमा जनसहभागिता विस्तार, आगामी संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार छनोटका मापदण्ड, र संगठनको आन्तरिक संरचना सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

बैठकले आगामी महिनाहरूमा हुने रास्वपाको नीति–निर्देशन बैठक र प्रदेशस्तरीय कार्यशाला तालिमको मिति र कार्यक्रम पनि तय गर्ने सम्भावना छ ।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com