गगन थापालाई सभापति र प्रधानमन्त्री बनाएर चुनावमा जानुपर्छ
EcoEcoPolitics२ हप्ता अगाडि
काठमाडौं — नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीभित्र र जनतामाझ लोकप्रिय रहेका गगन थापालाई सभापति र आगामी संघीय निर्वाचनमा प्रधानमन्त्री उम्मेदवार बनाउने प्रस्ताव राखेका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर नयाँ नीति र नेतृत्वमा पार्टी चुनावमा जानुपर्ने बताएका छन्। मन्सुरले भने, “विशेष महाधिवेशन नयाँ कुरा होइन, पहिले पनि भएको छ। बृहत् एकता कायम गरेर विशेष महाधिवेशनको अवसर उपयोग गरेर अघि बढ्नुपर्छ।”
उनले थपे, “आम जनताको चाहना र पार्टीभित्रको प्रभावअनुसार गगन थापालाई सभापति र प्रधानमन्त्री प्रस्ताव गरेर प्रतिनिधि सभा चुनावमा नयाँ नेतृत्वमा जाने निर्णय केन्द्रीय समितिले लिनुपर्छ। उनी १४ औं महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री बनेका थिए। अहिले विशेष महाधिवेशनका लागि ५४ प्रतिशतले हस्ताक्षर पनि गरेका छन्।”
मन्सुरले सहमहामन्त्री महेन्द्र यादवको धारणा व्यक्तिगत भएको र मिडियामा संस्थापन पक्षको प्रस्तावको रूपमा आएको गलत बुझाइ भएको बताए। उनले आफू कुनै गुटमा नरहेको र कुनै गुटका भेलामा पनि नगएको स्पष्ट पारे।








