चन्द्र भण्डारीको प्रस्ताव: संसद् पुनर्स्थापना गरी जेनजीको माग सम्बोधन गरौँ

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of चन्द्र भण्डारीको प्रस्ताव: संसद् पुनर्स्थापना गरी जेनजीको माग सम्बोधन गरौँ

काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। मंगलबार सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा उनले संविधान संशोधनसहित संसद् पुनःस्थापना गर्नुपर्ने धारणा राखेका हुन्।

 

भण्डारीले बैठकमा भने, “संसद् पुनःस्थापना गरौँ। संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ।”

 

उनको प्रस्तावले हाल कांग्रेसभित्र चलिरहेको बहसलाई थप चर्काएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरेको थियो। तर अहिले पार्टीभित्र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुनुपर्ने आवाज पनि बलियो रूपमा उठिरहेको छ।

 

यसबीच, फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेकपा (एमाले) ले संसद् पुनर्स्थापनाका लागि कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।

 

राजनीतिक वृतमा अब प्रश्न उठ्न थालेको छ — कांग्रेसले पनि एमालेझैँ संसद् पुनर्स्थापनाको बाटो रोज्ने हो कि निर्वाचनमा जाने भन्ने।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com