गुट भेलामा रमाउँदै नेपाली कांग्रेस”
EcoEcoPolitics२ हप्ता अगाडि
गुटभेलार व्यक्तिवादको बन्धनमा बाँधिँदै नेपाली कांग्रेस : सिद्धान्तभन्दा व्यक्ति हाबी
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक इतिहासको मेरुदण्ड हो। यही पार्टीले प्रजातन्त्र ल्यायो, निरंकुशता हटायो, संविधान निर्माण गरायो र देशमा राजनीतिक चेतनाको बीउ रोप्यो। तर विडम्बना यो छ — आज यही पार्टी आफ्नै सिद्धान्त र इतिहासको बाटो बिर्सँदै गएक
पार्टीभित्र अहिलेगुटभेला र व्यक्तिवादको बन्धनयति गहिरो बनेको छ कि संस्थागत निर्णयभन्दा व्यक्तिगत प्रभाव र गुटगत सन्तुलन नै प्रमुख मापदण्ड बनेका छन्। संगठनभित्र संवाद र सिद्धान्तमाथिको बहस हराउँदै गएको छ, र पार्टीभित्र“कसले नेतृत्व लिने?” भन्ने होडबाजीमात्र बाकि रहेको छ।
गुटभेलाको संस्कृतिले विचार र नीतिमाथि छलफल गर्ने ठाउँलाई विस्थापित गरिदिएको छ। यी भेलाहरू अब संगठन सुदृढीकरण होइन, शक्ति प्रदर्शनको माध्यम बनेका छन्—जहाँ “कसले कति जनालाई बोलायो?” भन्ने गन्ती नै राजनीतिक सफलताको मापनको सूचक मानिन्छ। यो प्रवृत्तिले पार्टीको लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँदै संवादलाई प्रदर्शनमा रूपान्तरण गरेको छ।
व्यक्तिवाद पनि यति गहिरो बनेको छ कि नेताहरू सामूहिक निर्णय र सिद्धान्तभन्दा व्यक्तिगत सन्तुष्टि र आकांक्षामा केन्द्रित छन्। यसको नतिजा स्पष्ट छ—संगठनात्मक एकता कमजोर, सिद्धान्तप्रतिको निष्ठा घट्दो र कार्यकर्ताको विश्वास हराउँदै। अब नेतृत्वको मूल्यांकन विचार र योगदानका आधारमा होइन, प्रचार र उपस्थितिका आधारमा हुन्छ।
सिद्धान्तगत बहसलगभग शून्यछ। नीति र दृष्टिकोणमाथि गम्भीर छलफलको ठाउँ हराएको छ। अहिले पार्टीमा नेतृत्व कसले लिने भन्ने प्रतिस्पर्धा मात्र बाँकी छ। यस्तो अवस्थामा नियमित महाधिवेशन होस् वा विशेष, त्यसले खास अर्थ राख्दैन—किनभने आत्ममूल्यांकन र सिद्धान्त पुनःनिर्धारणको चेतनै हराएको छ।
नेता र समूहहरू सामूहिक निर्णयभन्दा व्यक्तिगत सन्तुष्टि र महत्वाकांक्षामा केन्द्रित छन् । त्यसकै कारण अहिले पार्टीभित्र विचार र सिद्धान्तभन्दाआरोप–प्रत्यारोपनै मुख्य राजनीतिक उपकरण बनेको छ । एकअर्कामाथि दोषारोपण गर्ने, प्रतिवाद गर्ने र जनतालाई भन्दा प्रतिद्वन्द्वीलाई लक्षित गर्ने प्रवृत्तिले कांग्रेसभित्रको सभ्य संवादको संस्कृति हराउँदै गएको छ।
यसले संगठनात्मक एकता कमजोर बनाएको छ, सिद्धान्तप्रतिको निष्ठा घटाएको छ र कार्यकर्ताबीचको विश्वास हराएको छ। अब नेतृत्वको मापन विचार, योगदान वा दृष्टिकोणका आधारमा होइन, प्रचार, पहुँच र आक्रोशका आधारमा हुन थालेको छ।
यो अवस्था केवल संगठनको संकट होइन, विचारको संकट हो।
जब नेपालका बाम दलहरू समेत आफ्नो मूल विचारबाट भट्किँदै छन्—जहाँ प्रचण्डले नै “प्रचण्डपथ” छाडेका छन्—त्यस बेलामा प्रश्न उठ्छ, के नेपाली कांग्रेस पनि त्यसैको अनुकरण गर्दै“प्रचण्डपथको साँघुरो गल्ली”मा हराउने हो?
कि आफ्नो संस्थापक नेताबिपी कोइरालाको मध्यमार्गी, समावेशी र राष्ट्रिय एकता–मेलमिलापको फराकिलो राजमार्गमा फर्कनदेश र कांग्रेस दुवैलाई जोगाउने मार्गचित्र बिपीले दशकौं अघि नै कोरेका थिए — राष्ट्रियएकता,मेलमिलापरत्यो बाटो पार्टीले पुनःअपनाउन सके मात्र कांग्रेसले आफ्नो गौरवशाली इतिहास पुनःजागृत गर्न सक्छ।








