जेनजी प्रतिनिधिको आग्रहपछि प्रधानमन्त्री बन्ने निर्णय– कार्कीको त्रीपक्षीय बैठक सम्बोधन

Author ImageEcoEcoPolitics३ हप्ता अगाडि
Image of जेनजी प्रतिनिधिको आग्रहपछि प्रधानमन्त्री बन्ने निर्णय– कार्कीको त्रीपक्षीय बैठक सम्बोधन

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा आयोजित त्रिपक्षीय संवादको समापन सत्रमा सम्बोधन गर्दै राष्ट्रिय सहमति, पारदर्शी शासन र जनअपेक्षाअनुरूपको कार्यसम्पादनमा जोड दिनुभयो।

 

 यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा ओमजी (ओमप्रकाश अर्याल मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँगडिल गर्न सक्दिनँमेरो विधा परेन भनेकी थिएँ।  यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।  त्यसरी हिँड्दा देशलाई यस्तोअफ्ठ्यारो परेका बेलादेशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो घरैमा आएरअभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो। मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेरढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्मैले केही गर्नैपर्छ भन्ने लाग्यो  एउटा अठोटसाथ अगाडि आएँ।हामी सहिद परिवारघाइते  ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ। बलिदानी दिनेसहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्‍याउँछौँ।

हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन यसैगरी छलफल  गृहकार्य गर्छौँ। कामको प्रगतिविवरण लिन्छौँ। समस्याहरु फुकाउनलागिपरेका छौँ। अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँआत्मविश्वास उठाउँदै छौँ। प्रहरीको मनोबल पनि बढ्छ।भागेका कैदीबन्दीहरू पनि समातिन्छन्। ३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु।भ्रष्टाचारशोषण  विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ  ? तरहामी मनोबल उठाउन लागेका छौँउठ्छ। किनकिहामी सपार्ने दिशामा छौँ। अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छयो गर्छत्यो गर्छ भन्ने कुरापनि आयो। तरयो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर  नगर भनेको छैन। 

हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँबालुवाटारमा भेटेका छैनौँ। अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ। काम विशेषले हुने भेटमन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो। 

अर्को कुरा यहाँको अनौठो चलन देखियो भने काम गर्न नदिनेअनि बातैपिच्छे काम गरेन भन्ने। हामी प्रयास गरिरहेका छौँ। हामीरोकिँदैनौँ। जतिसुकै बाधा  अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ। यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएकानिर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसदमन्त्रीप्रधानमन्त्रीराष्ट्रपति बन्न संविधानले रोकेको  ? न्यायाधीश भइसकेकोव्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको  ? भारतमा न्यायाधीशहरू सांसदमन्त्री भएका छन्। यहाँ यो असामान्यपरिस्थितिमा हुँदा किन प्रश्न ? अचम्म छ। 

कहिलेकाहीँ  लाग्छहाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तरयहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने। मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेकोत्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु।  त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।

 पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ। अनिलजी(अनिलकुमार सिन्हालाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएकोहुँ। उहाँजस्तो इमानदार  बझेको मान्छे हुँदा धेरै काम सहज भएकोछ। हेर्दै जानुहोस्हामीले केके गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति  समातिसकेका छन्। कतिलाई समात्दै छौँ।यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com