रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भएको दाबी : बुर्लाकोटी
Ecoecopolitics Desk५ महिना अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जेनजी आन्दोलन चर्किनुमा आफ्नो पार्टी सरकारमा रहँदासम्मको जिम्मेवारी लिने बताएका छन्।
शनिबार एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले जेनजी आन्दोलन विस्फोट हुनुमा पछिल्ला ३०–३५ वर्षदेखि राज्यको नेतृत्व गरेका सबै राजनीतिक दल जिम्मेवार रहेको उल्लेख गरे।
“सरकारमा रहेका बेलाको जिम्मेवारी रास्वपाले पनि लिन्छ,” उनले भने, “केही घण्टा राज्य विहीनता र प्रधानमन्त्री सेनाको हेलिकोप्टरबाट हिँड्नुपर्ने अवस्था कसरी आयो भन्नेबारे समीक्षा आवश्यक छ।”
उनले समयमै निर्वाचन गराएर लोकतन्त्रलाई सही दिशामा लैजान एमाले पछि हट्न नहुने बताए। साथै, रास्वपा सभापति रवि लामिछानेलाई तत्कालीन सरकारले प्रतिशोधपूर्ण ढङ्गले हिरासतमा राखेको दाबी








