मानवीय सहयोग: अर्लाङ्कोट सेवा समाज जापानद्वारा जटिल बिरामी शिवे कामीलाई आर्थिक सहायता
Ecoecopolitics Desk२ महिना अगाडि.jpeg)
अर्लाङ्कोट सेवा समाज जापानले ददल्का निवासी श्री तुल्से कामीका छोरा ६९ वर्षीय शिवे कामी अकस्मात् जटिल बिरामी परेपछि उपचार सहयोगस्वरूप ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।
निजको उपचारका लागि घरायसी आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भनी सहयोगको अपिल आएपछि समाजले मानवीय दायित्वअनुसार उक्त सहयोग गर्ने निर्णय गरेको हो। समाजले उठेको रकममा थप गरी ५० हजार रुपैयाँ पुर्याई तत्काल उपचारमा सहयोग पुर्याउने उद्देश्य राखेको जनाएको छ।
उक्त रकम मुकेश सापकोटा र गोपाल सापकोटा मार्फत पुर्व अर्लाङ्कोट गाविस उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद सापकोटालाई पठाइएकोहो पुर्ब अर्लाङ्कोट गाविस उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद सापकोटाले काठमाडौंस्थित वीर अस्पतालमा उपस्थित भई बिरामी शिवे कामी तथा उनका छोरा–छोरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।
सहयोग हस्तान्तरणका क्रममा कृष्ण प्रसाद सापकोटाले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, अर्लाङ्कोट सेवा समाज जापानले देश–विदेशमा रहेका अर्लाङ्कोटवासीहरूसँग सहकार्य गर्दै यसअघि पनि यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको छ।








