आज लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स भिड्दै, फाइनल यात्राका लागि कडा प्रतिस्पर्धा
Ecoecopolitics Desk२ महिना अगाडि
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज दिउँसो ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्ग्स आमनेसामने हुँदैछन्।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगर किङ्ग्सले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो। उता लुम्बिनी लायन्स भने इलिमिनेटरमा काठमान्डू गोर्खाजलाई ४ विकेटले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको छ। लिग चरणमा यी दुवै टोली आमनेसामने हुँदा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो।
आजको भिडन्त विजेताले फाइनलमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि खेल निकै महत्त्वपूर्ण मानिएको छ। विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
एनपीएलको फाइनल खेल यही २७ मंसिरका लागि निर्धारित छ।








