श्रमिकको जीवनस्तर सुधार गर्न NTUC ललितपुर र JILAF को ‘लाइफ सपोर्ट’ सेमिनार

Author ImageEcoecopolitics Deskएक महिना अगाडि
Image of श्रमिकको जीवनस्तर सुधार गर्न NTUC ललितपुर र JILAF को ‘लाइफ सपोर्ट’ सेमिनार

ललितपुर। नेपाल ट्रेडयुनियन काँग्रेस (NTUC) ललितपुरले जापान इन्टरनेसनल लेबर फाउन्डेशन (JILAF) को सहकार्यमा ललितपुरको लगनखेलस्थित सञ्चयकोष भवनमा एक दिने 'लाइफ सपोर्ट सेमिनार' सम्पन्न गरेको छ। विभिन्न सीपमूलक तालिममा सहभागी श्रमिकहरूको क्षमता अभिवृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

सेमिनारमा ब्युटिसियन एडभान्स तालिम र बारिस्टा तालिममा सहभागी ३० जना श्रमिक भाइ-बहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल ट्रेडयुनियन काँग्रेस ललितपुरका अध्यक्ष दुर्गा भण्डारीले गर्नुभएको थियो।प्रमुख अतिथिका रूपमा नेपाल ट्रेडयुनियन काँग्रेस राष्ट्रिय समितिकी उपाध्यक्ष तथा महिला नेत्री राधिका कुइकेल खनालरहनुभएको थियो।

त्यसैगरी, विशेष अतिथिहरूमा नेपाल ट्रेडयुनियन काँग्रेस राष्ट्रिय समिति उपमहासचिव तथा JILAF फोकल पर्सन देवदत्त बडु र नेपाल ट्रेडयुनियन काँग्रेस बागमती प्रदेश अध्यक्ष गणेश भट्टराई उपस्थित थिए।

अतिथिहरूमा बागमती प्रदेश सदस्य प्रजापती दाहाल, JILAF नेपाल प्रतिनिधि लक्ष्मण शाही, JILAF प्रतिनिधि जुमन जी, नेपाल ट्रेडयुनियन काँग्रेस ललितपुर उपाध्यक्ष (RWC प्रतिनिधि) राम प्रसाद भण्डारी, र कोषाध्यक्ष सन्तोष भुजेल लगायत थिए।

JILAF को सहयोगको प्रशंसा

प्रमुख अतिथि राधिका कुइकेल खनालले श्रमिकहरूको जीवनस्तर माथि उठाउन जापानमा रहेको JILAF ले गरेको ठूलो सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नेपाल ट्रेडयुनियन काँग्रेस ललितपुरको सिंगो टिम श्रमिकका मुद्दा, उनीहरूको जीवनस्तर सुधार र अन्य श्रमिकका गतिविधिहरूमा निरन्तर लागिपरेको बताउनुभएको छ।

सेमिनारमा देवदत्त बडु, गणेश भट्टराई, लक्ष्मण शाही र जुमन जी ले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सेमिनारमा सहभागीहरूलाई विभिन्न विधामा सन्तोष भुजेल, देवदत्त बडु र लक्ष्मण शाहीले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमको सुरुवातमा जिल्ला उपाध्यक्ष रामप्रसाद भण्डारीले मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो भने नेपाल ट्रेडयुनियन काँग्रेस ललितपुरका सचिव माधव चन्दले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com