उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठको राजीनामा
Ecoecopolitics Desk७ महिना अगाडि
काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। उनले आज सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै राजीनामा सार्वजनिक गरेकी हुन्।
हेटौडामा भइरहेको सडक विस्तारप्रति असहमति जनाउँदै उनले आफूले पद त्यागेको उल्लेख गरेकी छिन्। सडक विस्तारका क्रममा सरकारले बल प्रयोग गरेको र मानव अधिकारविरोधी गतिविधि भएको आरोप पनि उनले लगाएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौडा पीडितको साथमा छु।








