रास्वपाले शुल्क तिर्न नसक्नेहरूलाई पनि समानुपातिकतर्फ उम्मेदवारी दिन आह्वान
Ecoecopolitics Deskएक महिना अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ शुल्क तिर्न नसक्ने विपन्न सदस्यहरूलाई पनि आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। पार्टीले बिहीबार सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था मिलाइएको जानकारी दिएको हो।
सहमहामन्त्री विपीनकुमार आचार्यका अनुसार समानुपातिक उम्मेदवारीका लागि तोकिएको ५० हजार रुपैयाँ शुल्क आर्थिक अभावका कारण तिर्न नसक्ने सदस्यहरूले मंसिर २२ भित्र वैध कारणसहित निवेदन पेश गर्न सक्नेछन्। उम्मेदवार छनोट समितिलाई आवश्यक कागजात समयमै उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
रास्वपाका अनुसार मंसिर २५ गतेभित्र विपन्न सदस्यका विषयमा आवश्यक निर्णय गर्नुपर्ने भएकाले शुल्क तिर्न असमर्थ आवेदकहरूले तोकिएको मिति भित्र कागजात पेस गर्न अनिवार्य गरिएको छ। पार्टीले समानुपातिकतर्फको उम्मेदवार छनोटमा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको बताएको छ।








