संसद् विघटन र प्रधानमन्त्री नियुक्ति विवादमा आज संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of संसद् विघटन र प्रधानमन्त्री नियुक्ति विवादमा आज संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ

प्रधानमन्त्रीको नियुक्ति, प्रतिनिधिसभा विघटनको निर्णय बदर र संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमाथि आज संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

 

 संसद् विघटनसम्बन्धी १६ वटा रिट निवेदन एकैपटक एकमुष्ट रूपमा आज सुनुवाइका लागि तोकिएको हो। उक्त रिटहरूमा उत्प्रेषण र परमादेश आदेशको माग गरिएको छ।

 

रिट निवेदकहरूले प्रधानमन्त्रीको नियुक्ति संवैधानिक व्यवस्थाविपरीत भएको दाबी गर्दै सो निर्णय बदर गर्न माग गरेका छन्। साथै, प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले तत्काल संसद् पुनःस्थापना गर्न माग गरिएको छ।

 

 प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त रिटहरूलाई दर्ता गरी विस्तृत सुनुवाइ गर्ने वा खारेज गर्ने भन्ने निर्णय लिनेछ।यसअघि पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटनका विषयमा सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गर्दै संसद् पुनःस्थापना गरेको थियो। यसपटक पनि उक्त मुद्दाले राजनीतिक रूपमा चासो र न्यायिक रूपमा महत्व बोकेको मानिएको छ।

 


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com