एनपीएलमा आज जनकपुर र चितवनबीच पहिलो भिडन्त, पोखरा–कर्णाली दोस्रो खेल हुने
Ecoecopolitics Desk३ महिना अगाडि
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा आज नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत दुई महत्त्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ, जहाँ साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
लगातार चार खेलमा हार बेहोरेको र तालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्सका लागि आजको भिडन्त ‘डु–अोर–डाइ’ जस्तै छ। यो खेल जिते गणितीय हिसाबले प्लेअफको सम्भावना जगरिन सक्छ। त्यस्तै, चार खेलमध्ये दुई जित दर्ता गरेको चितवन राइनोज भने आजको जितसँगै प्लेअफको दौडमा आफ्नो स्थिति मजबुत बनाउन चाहन्छ।
दिउँसो ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच भिडन्त हुनेछ। प्लेअफ पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीका लागि यो खेल अत्यन्तै महत्वपूर्ण छ। चार खेलमा एक मात्र जितेको पोखरालाई आजको जितले प्लेअफ यात्रालाई सहज बनाउनेछ भने कर्णालीका लागि पनि जित अनिवार्यजस्तै छ।








